असार २९, २०८२ आइतबार July 13, 2025

रुपन्देही सुपरलिग ए डिभिजन: तिरुपति क्रिकेट क्लब ६ विकेटले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा शुक्रबार तिरुपति क्रिकेट क्लब विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै तिरुपति क्लबले जित निकालेको हो ।

भैरहवाको सिद्धार्थ रंगशालामा रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा टस जितेर व्याटिङ रोजेको शंकरनगर क्रिकेट क्लबले निर्धारित ५० ओभरको खेलमा २९ दशमलव ४ ओभरमा ७८ रन बनाएको थियो । सबै विकेटको क्षतिमा टिमका लागि जगतबहादुर क्षेत्रीले सार्वधिक १५ रन, विराट भण्डारीले १३ रन बनाए पनि अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन । बलिङतर्फ तिरुपतिका रौनक श्रीवाीस्तवले चार, अभिषेक गौतमले तीन विकेट लिए ।

७९ रनको झिनो लक्ष्य पाएको तिरुपतिले जवाफी ब्याटिङमा १६ दशामलव ४ ओभरमा लक्ष्य पार गर्दैै जित निकाल्यो ।

चार विकेट गुमाउँदै तिरुपतिले जित निकाल्यो । जसका लागि बशिर अहमदले अविजित १८, सुशान्तसिंह थापाले १७ र अजय कौशिल्ययाले १६ रनको योग्दान गरे । बलिङतर्फ शंकरनगरमा सन्तोस खत्रीले तीन र विशालविक्रम केसीले एक विकेट लिए ।

शुक्रबारको खेलमा तिरुपतिका रौनक श्रीवास्तव म्यान अफ द म्याचबाट पुरस्कृत भए । सोमबार  डिभिजन एअन्तर्गतको खेल बुद्ध क्रिकेट क्लब र बुटवल ११ बीच हुने संघका सचिव सञ्जय गुरुङले जानकारी दिए ।

नेपालकै एक मात्र सुपरलिग प्रतियोगिता २०५४ सालदेखि निरन्तर हँुदै आएको छ । जिल्लाभित्रका २० टिममध्ये १२ टिमबीच प्रतिस्पर्धा लिग खेलाइँदै छ । लिगमा उत्कृष्ट हुने चार टि बीच ५ चैतबाट सुपर फोरमा प्रतिस्पर्धा हुने सचिव गुरुङले बताए ।

प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेस्ट ब्याट्सम्यान, बेस्ट बलर र उदीयमान खेलाडीलाई जनही पाँच-पाँच हजार रुपैयाँ प्रदान गरिने संघका कार्यवाहक अध्यक्ष धिरज क्षेत्रीले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार