असार २९, २०८२ आइतबार July 13, 2025

आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि फुँयाललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा रविन फुँयाल विजयी हुनुभएको छ । यती समूहका संस्थापक वरिष्ठ पर्यटन व्यवसायी स्वर्गीय आङछिरिङ शेर्पाको तेस्रो स्मृति दिवसका अवसरमा यती एअरलाइन्सले आयोजना गरिएको दोस्रो आङछिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगितामा फुँयाल विजयी हुनुभएको हो ।

गोकर्ण फरेस्ट रिसोर्टमा शुक्रबार र शनिबार भएको प्रतियोगितामा फुँयालले ४३ स्टेबलफोर्ड प्वाईन्ट ल्याएर विजयी हुनुभएको यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिनुभयो । फुँयालले उपाधीसँगै एल्टिच्यूड एअरको हेलिकप्टर राइड, माउण्टेन फ्लाइट र सोलुखुम्बुमा चारजनाको लागि ब्रेकफाष्ट गर्ने अवसर पाउनुभएको छ ।

प्रतियोगिताको उपविजेता निष्कर्षबहादुर घले हुनुभएको छ । उहाँले उपाधि ४२ प्वाइन्ट ल्याएर उपविजेता बन्नुभएको हो । उपविजेता बनेसँगै घलेले दुई रात तीन दिन चितवनस्थित कसरा जङ्गल रिसोर्टमा बस्ने र जाने आउने हवाई सुविधा प्राप्त गर्नुभएको छ । उक्त हवाई टिकटको व्यवस्था भने गुण एअरलाइन्सले गरेको हो । विभिन्न ११ विधामा भएको गल्फ प्रतियोगितामा मिथुन राई, गीता गुरुङ, प्रतिभा राई, दिलिप रायमाझी, सटिना टण्डन, महेशविक्रम कार्की, चार्ली गुरुङ र झलेन्द्र भट्टराईलगायत विजयी हुनुभएको प्रवक्ता बर्तौलाले बताउनुभयो ।

दुईदिनसम्म चलेको उक्त प्रतियोगितामा १५२ खेलाडीको सहभागिता थियो । प्रतियोगितामा विजयी खेलाडीलाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे, क्याप्टेन जोसेफ नाथन, प्रख्यात आँखा रोग विशेषज्ञ सन्दुक रुहित र हिमालय एअरलाइन्सका प्रमुख शु एन होङले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतियोगितामा उठेको रकम यती एअरलाइन्सकी प्रबन्ध निर्देशक शेर्पाले महिला अधिकारको लागि कार्यरत संस्थाहरू वुमेन फर ह्युमन राइट्स र सी नेपाललाइ हस्तान्तरण गर्नुभयो । प्रतियोगितामा रु तीन लाख चार हजार सङ्कलन भएको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार