असार २९, २०८२ आइतबार July 13, 2025

जुम्लाका ४ खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

 

काठमाण्डौंः जुम्लाका खेलाडी दौड प्रतियोगितामा भाग लिन भारत जाने भएका छन् । भारतको नागल्याण्डमा हुने दौड प्रतियोगितामा भाग लिन जुम्लाका ४ खेलाडी जाने भएका हुन् ।

२७ मार्च २०२२ मा हुने सार्क स्तरीय क्रसकन्ट्री च्याम्पियन सिप प्रतियोगितामा भाग लिन जुम्लाका बन्दना बुढा, राममाया बुढा, समिता बुढा र दिपेन्द्र बोहोरा काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाने भएको कर्णाली स्पोर्ट क्लबले बताएको छ ।

जुम्लाका चार खेलाडीलाई जिल्लाबाट बिदाइ गरिएको कर्णाली स्पोर्ट क्लबका सहसचिब धनराज सुनारले बताए ।

एथेलेटिक्स खेलाडीहरु जुम्लाबाट काठमाडौं हुँदै भारतको नागल्याण्डमा जाँदै छन् । सहसचिव सुनारका अनुसार बन्धना बुढा सिनियर र अन्य तीन जना जुनियर दौड प्रतियोगितामा भाग लिने छन् । उनले भने , ‘खेल प्रतियोगितामा भारत जाने खेलाडीलाई क्लबको आयोजनामा विदाई कार्यक्रम समेत गरिएको छ ।’ बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नेत्रबहादुर शाही र चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकबहादुर महतले संयुक्त दोसल्ला र अविरले विदाई गरेका छन् ।

महासंघका अध्यक्ष शाहीले खेल क्षेत्रमा म्याराथुन धावक हरिबहादुर रोकायाको योगदानले एथेलेटिक्समा खेलाडीहरु जन्माउनुका साथै खेलाडीहरुले नेपालको शिर उचो हुने गरि प्रदर्शन गर्न शुभकामना दिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार