कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

अनलाइन लाइसेन्स आवेदन अनिश्चित कालको लागि बन्द

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यातायात व्यवस्था विभागले सवारी अनुमति पत्रको लागि नयाँ अनलाइन आवेदन बन्द गरेको छ । विभागले सोमबार एक सूचना जारी गर्दै अनलाइन आवेदन अनिश्चित कालको लागि बन्द गरेको हो ।

विभागका अनुसार पुराना आवेदकको ट्रायल परिक्षा सकाउने भन्दै यातायात विभागले नयाँ अनलाइन आवेदन बन्द गरेको जनाएको हो ।

विभागको सूचनामा भनिएको छ ‘हालसम्म परेका अनलाईन आवेदनहरुको कारवाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले यही मिति २०७६ चैत्र १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मको लागि सवारी चालक अनुमति पत्रको अनलाईन आवेदन प्रणाली बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ’ ।

यातायात विभागका निर्देशक लोकनाथ भुसालले पुराना आवेदकको ट्रायल परिक्षा जतिसक्दो छिटो गर्नुपर्ने भएकाले र आवेदकको पाले २०२५ सम्म पुगेकाले सबै सकेरमात्रै पुनः लाइसेन्स आवेदन खोल्ने तयारी भएको जानकारी दिए ।

विभागका एक अधिकारीले लाइसेन्स ट्रालय परिक्षाको चाप धेरै रहेकाले नयाँ अनलाइन आवेदन खुल्न केहि समय लाग्ने बताए । उनका अनुसार बैशाखबाट  नयाँ सिस्टम सार्वजनिक गर्ने तयारी छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार