श्रावण ४, २०८२ आइतबार July 20, 2025

महिलाले महिला नै रोज्न मिल्ने राइड शेयरिङ एप बजारमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः महिला प्रयोगकर्ताले महिला राइडर र महिला राइडरले महिला प्रयोगकर्ता नै रोज्न मिल्ने गरी बजारमा नयाँ राइड शेयरिङ एप ‘जायर’ थपिएको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी आजदेखि सञ्चालनमा आउन लागेको यो राइड शेयरिङ एप ‘जायर’ ले महिलाको सुरक्षा र सहजतालाई मध्यनजर गर्दै महिला प्रयोगकर्ताले महिला राइडर र महिला राइडरले महिला प्रयोगकर्ता नै रोज्न मिल्ने सेवा उपलब्ध गराएको हो ।

‘बजारमा धेरैजसो महिला प्रयोगकर्ता पुरुष राइडरसँग राइडमा अलि असहज महसुस गर्ने तथा महिला राइडरले पनि पुरुष प्रयोगकर्तासँग असहज महसुस हुने हुँदा हामीले महिलाले महिला नै छान्न मिल्ने सेवा दिन लागेका हौं,’ कम्पनीका बिजनेस हेड सञ्जय कुमार बराकोटीले भने ।

यो एपमा ‘पिंक’ (गुलाबी) नामक फिचर उपलब्ध गराइएको छ । प्रयोगकर्ताले महिला राइडर नै चाहेको खण्डमा अथवा महिला राइडरले महिला प्रयोगकर्ता नै चाहेको खण्डमा उक्त अप्सनमा क्लिक गरेर महिलासँग मात्र यात्रा गर्नेसक्ने उनले बताए ।

यो फिचरलाई महिलाहरूलाई सुरक्षित र सहज महसुस गराउने कम्पनीले विश्वास लिएको उनले बताए । आजदेखि बजारमा सार्वजनिक हुन लागेको यो एप हाल सञ्चालनमा भएको राइड शेयरिङ सेवाभन्दा निकै सस्तो र सहज हुने उनले दाबी गरे ।

साथै यो एपमा पैसा नभएको अवस्थामा अन्य प्रयोगकर्ताको संकलन भएको ‘पोइन्ट’ सापटी लिएर राइड लिन मिल्ने पनि उनले बताए ।

‘कहिलेकाहिँ प्रयोगकर्तासँग पैसा नहुन सक्छ । यस्तो बेलामा जायर नै प्रयोग गर्ने अर्को साथीले जम्मा गरेको पोइन्ट सापटी लिएर त्यसलाई राइड चार्जको रुपमा भुक्तानी पनि गर्न सकिन्छ,’ उनले भने ।

हरेक दिन एपमा आउने नयाँ नयाँ क्विजहरू खेलेर सो पोइन्ट कलेक्ट गर्न सकिने उनले बताए । एपको सुरुवाती चरणमा जोडिन आउने राइडरसँग केही समय कमिसन नलिने पनि बताएका छन् भने प्रयोगकर्ताका लागि पनि अन्य राइड शेयरिङ सेवाभन्दा सस्तोमा राइड दिने उनले बताए ।

कम्पनीको एपको बेटा भर्सनको माध्यमबाट नै हाल तीन हजारभन्दा बढी राइडर जोडिएको उनको भनाइ छ । अब आउने एक महिनाभित्र यो सेवा पोखरा र विराटनगरमा पनि सञ्चालनमा आउने उनले बताए ।

साथै आउने छ महिनाभित्र भने सोही एपमार्फत प्रयोगकर्ताको लागि फुड एण्ड डेलिभरी सेवा पनि सुरु गर्ने कम्पनीको योजना रहेको छ ।-टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार