असार २९, २०८२ आइतबार July 13, 2025

यु-१८ महिला साफ: दोस्रो खेलमा पनि नेपाल पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यु १८ महिला साफ च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशविरुद्धको नेपाल ४–२ ले पराजित भएको छ ।

भारतको जम्सेदपुरमा सम्पन्न खेलको पहिलो मिनेटमै बंगलादेशकी अफिदा खानदकेरले हेडमार्फत गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन् ।

खेलको ३०औं मिनेटमा दीपा शाहीले गोल गरेपछि नेपाल खेलमा फर्काएकी थिइन् । तर, ३३औं मिनेटमा अक्मिला खातुनले गोल गर्दै बगंलादेशलाई दोस्रो पटक अग्रता दिलाइन् । यस्तै, ३५औं मिनेटमा इति खातुनले गोल गरेपछि बंगलादेशले अग्रतालाई अझ फराकिलो पारेको थियो ।

खेलको ४२औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगलादेशलाई ४–१ को अग्रता बनाएको थियो । इन्जुरी समयमा अमिषा कार्कीले गोल गरे पनि नेपाल खेलमा फर्किन सकेन ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल आयोजक भारतविरुद्ध ७–० ले पराजित भएको थियो ।

डबल राउन्ड रोविन लिग पद्दतीमा चल्ने प्रतियोगिताको नेपाल, भारत र बंगलादेशगरि तीन टोलीको सहभागिता छ । लिगमा सर्वाधिक अंक जोड्ने टोलीले प्रतियोगिताको उपाधि जित्ने छ ।

लिगको तेस्रो खेलमा नेपालले चैत ६ गते भारत र अन्तिम खेलमा आठ गते बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार