असार २९, २०८२ आइतबार July 13, 2025

बागमतीमा जारी प्रतियोगितामा पुलिसको फराकिलो जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ ।

बुधबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । खेलको २०औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पुलिसका लागि सौजन राईले खाता खोले । डिबक्स नजिकै सिमराका खेलाडीले फउल गरेपछि पुलिसले फ्रिकिकको मौका पाएको थियो ।

सोही अवसरलाई राईले कुनै गल्ती नगरी सदुपयोग गरे । यस्तै खेलको २८औँ मिनेटमा पुलिसका कप्तान जुमनु राईको पासलाई रबी शंकर पासवानले गोल पोस्टको दिशा दिन सफल भएसगै पुलिस खेलको पहिलो आफमा २–० को अवस्थामा पुग्यो । खेलको सुरुदेखिनै नव जनजागृति युवा क्लब सिमरा पुलिसको अगाडि निरिहदेखियो । र, अन्तिम सम्म पनि पुलिस हाबी भइरह्यो ।

प्रतियोगितामा दोस्रो हाफ पछि पनि पुलिसको प्रहारले सिमराको गोल पोस्ट चुमिरह्यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका निर कुमार राईले गोल गरेपछि खेल ३–० को अवस्थामा पुग्यो । त्यस पछि खेलको ५८औँ मिनेटमा निर कुमार राईको पासमा रबी शंकर पासवाले व्यक्तिगत दोस्रो गोल गरे । भने, खेलको ६३ औँ मिनेटमा निर कुमार राईको कर्नर प्रहारलाई बुद्ध बल तामाङले हेडमार्फत गोल पोस्टको दिशा दिए ।

यसैबीच नव जनजागृति क्लबका गोल रक्षक सुवास बलले पुलिसका खेलाडीको आधा दर्जन सशक्त प्रहार विफल तुल्याए । तर, पनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । खेलमा नव जनजागृतिका खेलाडीले केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पुलिसको सामु नव जनजागृति युवा क्लब सिमराका खेलाडीको प्रदर्शन निकै फितलो देखियो । सिमराका खेलाडी अधिकांश समय सम्हालिएर खेल्न सकेका थिएनन् ।

जितसँगै नेपाल पुलिसले चैत ६ गते हुने क्वाटरफाइनल खेलमा सुदूरपश्चिम–११, धनगढीसगँ प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै शुक्रबारको खेलमा न्युरोड टिम एनआरटि र केविए ग्लोबल बिएफसी चितवन भिड्दै छन् ।

जारी प्रतियोगिताको फाइन खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले राजर्षि जनक कप, १० लाख १ हजार र उपविजेताले सिल्ड, ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार