असार २९, २०८२ आइतबार July 13, 2025

एनएसएल विवाद: टाइसिट तत्काललाई सार्वजनिक नहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणका लागि आइतबार सार्वजनिक हुने भनिएको टाइसिट ड्र स्थगित भएको छ ।

पछिल्लो समय एनएसएलको आयोजनालाई लिएर विवाद भइरहँदा अखिल नेपाल फुटबल संघ (एन्फा)को बिबाद समाधान समिति  र ए डिभिजन लिगका चार असन्तुष्ट क्लबबीचको बैठकबाट टाइसिट ड्र स्थगित भएको स्रोतले न्युज कारखानालाई बतायो ।

यस अघि आठ क्लबले एनएसएलले नियम विपरित खेलाडी अनुबन्ध गरेको र अक्सन समेत गरेको भन्दै असन्तुष्ट जनाउँदै आएका छन् ।

पछिल्लो समय भने मनाङ मर्स्याङ्दी क्लब, न्युरोड टिम एन आर टी, संकटा क्लब र थ्री स्टारले पत्रकार सम्मेलन गर्दै बिबाद समाधान गर्न एन्फालाई अनुरोध गरेको थियो ।

सोही अनुसार एन्फाको २ र ३ फागुनमा बसेको कार्यसमितिले बिबाद समाधानको लागि अध्यक्ष कर्मा छिरिङ शेर्पाको संयोजकत्वमा सात  सदस्यीय समिति गठन भएको हो ।

सोही समिति र असन्तुष्ट क्लबबीच शुक्रबार भएको छलफलपछि आइतबारको कार्यक्रम स्थगित भएको हो ।

एनइएसएमले चैत २ गते एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्बोधन गर्दै चैत ६ गते आइतबार टाइसिट सार्वजनिक गर्ने जानकारी गराउँदै पत्र लेखेको थियो ।

उक्त छलफलमा क्बलहरूले प्रतियोगिता नै रद्द गर्नुपर्ने माग राखेको छलफलमा सहभागीले  बताए । त्यसपछि बसेको समितीको  बैठकले ‘अर्को निर्णय नहुन्जेलसम्म टाइसिट ड्र रोक्ने निर्णय गरेको पनि स्रोतले जनाएको छ ।

यसअघि फागुन २० गते हुने तय भएको खेलाडीको अक्सन रोक्न पनि एन्फाले निर्देशन दिएको थियो । तर, त्यसका बाबजुद एनइएसएमले सोही समयमा अक्सन गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार