असार २९, २०८२ आइतबार July 13, 2025

बंगलादेशसंग दक्षिण अफ्रिकाको हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बंगलादेशले शुक्रबार राति दक्षिण अफ्रिकाविरुद्धको पहिलो एक दिवसीय खेलमा ३८ रनको जित निकालेको छ । बंगलादेशले प्रस्तुत गरेको ३१५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४८ ओभर ५ बलमा २७६ रनमा सीमित भयो ।

दक्षिण अफ्रिकाका लागि भान डेर डुसेनले सर्वाधिक ८६ रन जोड्दा डेविड मिल्नरले ७९ रनको योगदान गरे । त्यस्तै, बभुमाले  ३१ रन जोडे ।

बंगलादेशका लागि मेहदी हसन मिराजले चार, तास्किन अहमदले तीन,सोरिफुल इस्लामले दुई तथा महमदुल्लाहले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै ३१४ रनको योगफल तयार पारेको थियो ।

बंगलादेशका लागि सकिब अल हसनले सर्वाधिक ७७ रनको योगदान गरे । त्यस्तै लिट्टन दार र यासिर अलीले समान ५० रन जोड्दा कप्तान तमिम इकबालले ४१ रनको योगदान गरे ।

यससँगै बंगलादेशले तीन एकदिवसीय खेलको शृंखलामा १-० को अग्रता लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार