मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

राजर्षि जनक कप : सुदूरपश्चिम सेमिफाइनलमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
काठमाण्डौंः ट्राइब्रेकरमा गोल किपर चम्किदा सुदूरपश्चिम-११ सर्लाहीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

बागमती नगरपालिका-११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम-११ ले ट्राइब्रेकरमा विभागीय टिम नेपाल पुलिस क्लबलाई पराजित गरेको हो । खेल अवधिभर दुबै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । ट्राइब्रेकरमा सुदूरपश्चिमले पुलिसलाई ७-६ गोल अन्तरले पराजित गरेको हो ।

ट्राइब्रेकरमा सुदूरपश्चिमका गोल रक्षक आकाश बुद्ध नायक सावित भए । गोल किपर आकाशले पुलिसका खेलाडी भोलानाथ सिलवाल र राम बाजीको पेनाल्टी रोकिदिएका थिए । आकाश आफैले प्रहार गरेको पेनाल्टी सहजै गोलमा परीणत गरे । दुबै टोलीले ५-५ पटकको पेनाल्टी प्रहार गर्दा ४-४ गोलको बराबरी भयो । त्यसपछि फेरि थप ३-३ पेनाल्टी प्रहार गरे । अन्तत: ट्राइब्रेकरमा ७-६ को नतिजा पुलिसले सुदूरपश्चिमलाई सुम्पिन बाध्य भयो ।

आकाश म्यान अफ दि म्याच घोषित हुँदै १० हजार प्राप्त गरे । जितसँगै सुदूरपश्चिम सेमिफाइनलमा ९ चैतको अन्तिम क्वाटरफाइन खेलको विजेतासँग भेट पक्का गरेकाे हाे  । अन्तिम क्वाटरफाइनल खेलमा विदेशी पाहुना टोली एभिनियर फुटबल क्लब क्यामरुन र ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

आज आयोजक बागमती युवा क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । यस पहिलाको खेलमा केबिए ग्लोवल बिएफसी चितवनलाई पराजित गर्दै न्युरोड टिम एनआरटीले बागमती सँगको भेट पक्का गरेको हो ।

यस प्रतियोगिताको विजेता टिमले राजर्षि जनक कप १० लाख १ हजार र उपविजेताले ५ लाख १ सय र शिल्ड प्राप्त गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चुनावमा सामाजिक सञ्जाल र सूचना प्रविधिको प्रयोगलाई बढाउनुपर्छः संयोजक दाहाल
२०८३ मंग्सिर ५, शनिबार
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार