श्रावण ४, २०८२ आइतबार July 20, 2025

अमेरिकामा रहेका नेपालीले अब दूतावासबाटै ई-पासपोर्ट पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः संयुक्त राज्य अमेरिकास्थित नेपाली दूतावासबाट पनि अब विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी हुने भएकाे छ ।

दूतावासले एक सूचना जारी गर्दै यही चैत १४ (मार्च २८) देखि लागू हुने गरी विद्युतीय राहदानीको आवेदन लिन लागेको जानकारी दिएको छ ।

राहदानी आवेदन सम्बन्धी प्रक्रियाबारे विस्तृत जानकारी दूतावासकै वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

राहदानीका लागि अनलाइन आवेदन फारम भर्दाका बखत नै दूतावासमा फाराम बुझाउने मिति र समय छनौट गर्न सकिने व्यवस्था रहेको छ ।

पूर्वनिर्धारित मिति र समय (अपोइन्टमेन्ट) बिना राहदानी नवीकरणका लागि दूतावासमा आउने सेवाग्राहीहरुको आवेदन उपर कारबाही नहुने जनाइएको छ । साथै हुलाकमार्फत् प्राप्त हुने आवेदनहरु पनि स्वीकार नगरिने सो सूचनामा उल्लेख छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार