श्रावण ४, २०८२ आइतबार July 20, 2025

नेपालकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुले नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो मोडुलर डेटा सेन्टर सञ्चालनमा ल्याएको छ । महामारीबीच कम्पनीले करिब दुई वर्ष लगाएर बालुवाटरमा तयार पारेको डेटा सेन्टर औपचारिक रुपमा प्रयोगमा आएको हो ।​

डेटा सेन्टरका लागि आवश्यक र्‍याक, स्वीच लगायतका सबै सामग्री भर्टिभबाट ल्याइएको कम्पनीका प्रमुख प्राविधिक अधिकृत (सीटीओ) रामकृष्ण परियारले जानकारी दिए ।

करिब अढाई वर्षअघि आगलागी भएको सुबिसुको कार्यालय नजिकै नयाँ डेटा सेन्टर तयार पारिएको छ ।​ आधिकारिक रुपमा डेटा सेन्टरको स्तर मापन नगरिएको भए पनि टियर २.५ रहेको परियारको भनाइ छ ।

‘कम्पनीका ग्राहकको सेवालाई स्तरीय बनाउने मुख्य उद्देश्यका साथ यो डेटा सेन्टर तयार पारिएको हो,’ उनले भने, ‘यसमा लोकल ब्यान्डविथका लागि कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) सर्भरहरू पनि राखेका छौँ ।’

डेटा सेन्टरमा वैकल्पिक पावर सप्लाइको व्यवस्था समेत गरिएको छ । समान आठ-आठ र्‍याक रहेका दुई लाइनमा क्रमशः पहिलोमा ४० किलो वाट र दोस्रो लाइनमा ७० किलो वाट क्षमताको दोहोरो पावर सिस्टमको व्यवस्था मिलाइएको छ ।​

हाल डेटा सेन्टरमा १६ टेराबाइट प्रति सेकेन्ड डाउनलोड तथा अपलोड क्षमता भएको सर्भर राखिएको कम्पनीले जनाएको छ । जसमा ‘वान प्लस वान’ प्रोटेक्सन राखिएको छ ।

तत्कालका लागि सुबिसुकै सेवा स्तरीय बनाउन सञ्चालनमा ल्याइएको यो डेटा सेन्टर भविष्यमा मागअनुसार अन्य कम्पनी तथा संस्थालाई समेत प्रयोग गर्न दिने योजना रहेको परियारले बताए ।

डेटा सेन्टरका लागि छुट्टै नयाँ बिल्डिङ तयार पारिएको छ । जसले आठ रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्नसक्ने बताइएको छ । अन्तर्राष्ट्रिय स्तरको गुणस्तरमा आधारित यो डेटा सेन्टरमा ‘रिमोट एक्सेस’ बाट सञ्चालन गर्न सकिने सुविधा समेत रहेको छ ।

भर्टिभका लागि नेपालको आधिकारिक साझेदार समेत रहेको सुबिसुले अन्य कम्पनी तथा सङ्घसंस्थाका लागि समेत मोडुलर डेटा सेन्टर निर्माणको काम गर्दै आएको छ ।

‘नेपालमा अहिलेसम्म नेपाल प्रहरी, राष्ट्रिय वाणिज्य बैंक, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, अर्थ मन्त्रालयमा भर्टिभको मोडुलर डेटा सञ्चालनमा छ,’ सीटीओ परियारले भने, ‘तर सुबिसुले अहिले सञ्चालनमा ल्याएको डेटा सेन्टर भने नेपालमा भर्टिभको अहिलेसम्मकै ठूलो मोडुलर डेटा सेन्टर हो ।’ टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार