कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एकीकृत बस्तीको योजना प्रभावकारी देखिएनः मन्त्री झाँक्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले भूकम्पपछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको  बताएकी छन् । उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताएकी हुन् ।

आइतबार मन्त्रालयमा आयोजित नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पपछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरिए पनि प्रयोगमा आउन नसकेको उनले बताइन् ।

उनले भनिन्,‘सरकारले जुन लक्ष्य र उदेश्यको साथ एकीकृत वस्ती निर्माणको काम अघि बढाएको थियो, तर प्रभावकारी प्रयोग देखिएन ।’

मन्त्रालयको कतिपय नीति तथा कार्यक्रमलाई समेत पुनर्विचार गर्ने गरी गृहकार्य गरिरहेको बताउँदै मन्त्री झाँक्रीले एकीकृत बस्ती निर्माण गरिए प्रभावकारी बन्न नसकेको बताइन् । पूर्वाधार क्षेत्रमा रहेर कलम चलाउँदै आएका पत्रकारको संगठन बन्नु सुखद् रहेको बताउँदै संस्थाको सफलताको शुभकमना दिदै उनले पूर्वाधार क्षेत्र महत्वपूर्ण पक्ष रहेको बताइन् ।

नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष जीवन बस्नेतले पूर्वाधार क्षेत्रमा कलम चलाईहेका पत्रकारहरुको विषयगत क्षमता अभिवृद्धिका लागि मन्त्रालयले सहयोग हुने अपेक्षा गरेको बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार