असार २३, २०८२ सोमबार July 7, 2025

इजरायलका प्रधानमन्त्रीलाई कोरोना भाइरसको सङ्क्रमण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः इजरायलका प्रधानमन्त्री नाफ्ताली बन्नेटलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ ।

प्रधानमन्त्रीको कार्यालयले सोमबार दिएको जानकारी अनुसार अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङकनसँगको भेटवार्ता भए लगत्तै उहाँलाई सङ्क्रमण पुष्टि भएको हो ।

“हिस्टोरिक समिट” का क्रममा उहाँहरूका बीचमा आइतबार साइडलाइन भेटवार्ता भएको अधिकारीहरूले जनाएका छन् । समिति इजरायलको जेरुसेलममै भएको थियो ।

उहाँले अस्वस्थ महसुस गरेपछि एकान्तवास मै रहेर आफ्ना काम गरिरहनुभएको र तत्काल अरूसँग भौतिक सम्पर्कमा नरहने निर्णय गर्नुभएको जनाइएको छ ।

उहाँ त्यसअघि इजरायलकै उत्तरी सहर हाडेराको भ्रमणमा पनि जानु भएको थियो । त्यहाँ इस्लामी स्टेटका लडाकुहरूको आक्रमणमा परी दुई प्रहरी मारिएका थिए ।

घटनाका बारेमा उहाँले आइतबार राती रक्षा तथा सार्वजनिक सुरक्षा मन्त्री, सेना प्रमुख र अन्य उच्च सरकारी अधिकारीहरूसँग पनि छलफल गर्नुभएको थियो । रासस/एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया