असार २९, २०८२ आइतबार July 13, 2025

राजस्थानले हैदरावादलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा मंगलबार राति राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६१ रनले पराजित गरेको छ।

पुनेमा राजस्थानले दिएको २११ रनको विजयी लक्ष्य पछ्याएको  हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर मात्र १४९ रन  बनाउन सक्यो ।

हैदरावादका लागि एडिन माक्रमले सर्वाधिक ५७ रन बनाए ।  वासिङटन सुन्दरले ४० तथा रोमारियो शेफर्टले २४ रनको योगदान गरे । राजस्थानका युजभेन्द्र चाहलले ३ तथा ट्रेन्ट बोल्ट र प्रसिद्ध कृष्णले २-२ विकेट लिए ।

यसअघि  टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर २१० को विशाल योगफल तयार पारेकाे थियाे ।

राजस्थानका कप्तान सन्जु सामसनले सर्वाधिक ५५ रन बनाए । यस्तै देबदुत पडिकलले ४१ रन जोड्दा जोश बट्लरले ३५ रन बनाए ।

आक्रमक ब्याटिङ गरेका सिम्रन हिटमयेरले ३२ तथा यासभी जैशवालले २० रनको योगदान गरे । हैदरावादका टी नटराजन र उम्रान मलिकले २-२ विकेट लिए । जितसँगै राजस्थानले १ खेलबाट २ अंक जोडेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया