श्रावण ४, २०८२ आइतबार July 20, 2025

तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्छ कि चल्दैन ? यसरी पत्ता लगाउनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः टेलिकमले दुई फरक ब्याण्डमार्फत देशभर फोरजी सेवा विस्तार गरिरहेको भएतापनि उक्त फोरजी सेवा तपाईंको मोबाइलमा चल्छ, चल्दैन भन्ने विषय तपाईंको मोबाइलमा निर्भर रहन्छ ।

किनभने यदि तपाईंको मोबाइलले यी दुईमध्ये कुनै पनि ब्याण्डलाई सर्पोट गर्दैन भने तपाईंको मोबाइलमा टेलिकमको फोरजी चल्दैन । तर, यदि यी दुईमध्ये कुनै एक ब्याण्ड तपाईंको मोबाइलले सपोर्ट गर्छ भने जुन ब्याण्ड सपोर्ट गर्छ, सोही ब्याण्डमा तपाईंले फोरजी चलाउन सक्नुहुनेछ ।

त्यसैले तपाईंको मोबाइलले कुन ब्याण्ड सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय महत्वपूर्ण हुन्छ । यो विषयमा तपाईंले मोबाइल किन्दा नै मोबाइलका बक्सको बाहिर दिइएको जानकारीमा पनि यो विषय उल्लेख गरिएको हुन्छ ।

पछिल्लो सयमा बजारमा भित्रिएका धेरैजसो मोबाइल सेटले त दुवै ब्याण्ड सपोर्ट गर्छन् । तर, त्यसमा पनि कतिपय मोबाइल सेटले कुनै एकमात्र ब्याण्डमात्र पनि सपोर्ट गर्नसक्ने हुन्छ । भने, कुनैले गर्दै नगर्ने पनि हुनसक्छ ।

त्यसैले यहाँ हामी तपाईंलाई नेपाल टेलिकमकै साइटबाट आफ्नो मोबाइलले फोरजी सपोर्ट गर्छ, गर्दैन भन्ने विषयमा जानकारी दिँदैछौं । तर, त्यसका लागि सबैभन्दा महत्वपूर्ण विषय तपाईंको मोबाइलको आईएमईआई नम्बर भने आवश्यक पर्छ ।

मोबाइलको आईएमईआई नम्बर तपाईंले मोबाइलको बक्समा अथवा मोबाइलको पछाडि भागमा अथवा ब्याट्रीमा पनि टाँसिएको हुनसक्छ । यदि यी तीनै विकल्प भएन भने पनि तपाईंले आफ्नो मोबाइलको आईएमईआई नम्बर भने हेर्न सक्नुहुनेछ ।

त्यसका लागि तपाईंले फोनमा *#06# डायल गर्नुहोस् । यसपछि तपाईंले त्यहाँ तपाईंको मोबाइलको आईएमईआई नम्बर देख्नुहुनेछ । अब मोबाइलमा फोरजी ब्याण्ड चल्छ/चल्दैन भनेर जाँच गर्नुहोस् । यहाँ क्लिक गर्नुहोस् । टेकपानाबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार