असार २३, २०८२ सोमबार July 7, 2025

रुसी र युक्रेनी विदेशमन्त्रीबीच दुई साताभित्र वार्ताः टर्की

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुसी विदेशमन्त्री सर्गेइ लाभरोभ र उनका युक्रेनी समकक्षी दिमित्रो कुलेबाबीच वार्ता हुन सक्ने बताइएको छ । दुई नेताबीच दुई साताभित्र वार्ता हुन सक्ने टर्कीले बिहीबार जानाकारी दिएको छ ।

‘कम्तीमा एक वा दुई साता भित्रमा विदेशमन्त्री स्तरमा उच्चस्तरीय बैठक हुन सक्छ’, टर्कीका विदेशमन्त्री मेभलुत काभुसोग्लुले एक टेलिभिजन अन्तर्वार्तामा भने ।

उनले अगाडि थपे, ‘यो महत्वपूर्ण छ कि दुबै पक्षहरू एकसाथ आउँछन् र स्थायी युद्धविराममा सहमत हुन्छन् ।’  सो वार्तामा टर्की मध्यथता गर्न इच्छुक रहेको उनले बताए । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया