असार २३, २०८२ सोमबार July 7, 2025

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच फोन वार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ । रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ ।

बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ । “हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ,” जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

राष्ट्रपति बाइडेनसँगको कुराकानी पछि उनले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए । अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ। अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया