काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार बिहान भेटवार्ता भएको छ ।
दुई नेताबीच समसामयिक राजनीतिक विषयमा महत्वपूर्ण छलफल भएको छ । द्वन्द्वकालीन मुद्दा, उपसभामुख चुनाव, केन्द्रीय कमिटी बैठक र विभिन्न निकायका नियुक्तीलगायतका विषयमा ओली दाहालबीच महत्वपूर्ण छलफल भएको बालुवाटार श्रोतले बताएको छ ।
आज बस्ने प्रतिनिधिसभाको बैठकमार्फत सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध चयन हुने भए पनि उपसभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने नेकपाले तय गरिसकेको छैन ।
उपसभामुखका लागि प्रमुख विपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले दाबी प्रस्तुत गरेका छन् । अध्यक्ष दाहाल उपसभामुखको जिम्मेबारी कांग्रेसलाई र ओलीले राजपालाई दिन चाहेको चर्चा राजनीतिक वृत्तमा छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया