असार २९, २०८२ आइतबार July 13, 2025

आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे ।

लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक  ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा  कप्तान केएल राहुलले ४० रनको योगदान गरे ।  चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।

चेन्नईका लागि रोबिन उथप्पाले  सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र  मोइन अलीले ३५ रन बनाए । लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए ।

हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन । पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो । जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ  । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया