असार २३, २०८२ सोमबार July 7, 2025

आर्थिक संकट गहिरिएपछि श्रीलंकामा आपतकाल घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गम्भीर आर्थिक संकट भोगिरहेको श्रीलंकामा राष्ट्रपति गोटाबाया राजपक्षेले आपतकाल घोषणा गरेका छन् ।

देशको सुरक्षा र अत्यावश्यक सेवाको आपूर्तिलाई मध्यनजर गर्दै आपतकाल घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।आर्थिक संकटको सामना गर्न नसकेको भन्दै यतिबेला राजपक्षे सरकारविरुद्ध देशभर प्रदर्शन भइरहेको छ । प्रदर्शन बढ्दै गएपछि आपतकालको सहारा लिन खोजिएको छ ।

प्रदर्शनका क्रममा प्रहरी र सर्वसाधारणबीच झडप हुँदा हिंसात्मक अवस्था समेत उत्पन्न हुन लागेको जनाइएको छ । एकातिर आर्थिक संकट भोगिरहेको श्रीलंकमा अर्काेतिर हिंसात्मक प्रदर्शनले थप समस्या निम्त्याएको छ ।

राष्ट्रपति निवासबाट शुरू भएका प्रदर्शन देशभर फैलिन थालेका छन् । प्रदर्शनका क्रममा प्रहरीसँग झडप, अश्रुग्यास प्रहारका घटना समेत भइरहेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया