असार २३, २०८२ सोमबार July 7, 2025

नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोगः मोदी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको प्रगति र विकासको यात्रामा भारतको सदा सहयोग रहने बताएका छन् ।
‘नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारतको हमेशा सहयोग हुनेछ’, तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरवहादुर देउवासँग नयाँ दिल्लीको हैदराबाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै प्रधानमन्त्री मोदीले भने ।

प्रधानमन्त्री मोदीले भारत र नेपालबीचको सम्बन्ध विश्वमै अद्धितीय रहेको बताए । नेपाल र भारतबीचको सम्बन्ध सदियौँकालदेखि रहेको पनि उनले बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया