जेठ ५, २०८१ शनिबार May 18, 2024

एमाले भएर बस्न मन थियो तर दिइएन : मन्त्री श्रेष्ठ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान) ले एमालेमा मिलेर बस्न नदिएका कारण बाध्यतावश समाजवादी पार्टी खोल्नुपर्ने बताएका छन् ।

कांग्रेससँग गठबन्धन गरेर अघि बढ्नु आफूहरुको बाध्यता भएको उनको भनाइ छ ।

मन्त्री श्रेष्ठले भने, ‘हाम्रो रहर हैन् नेपाली कांग्रेससँग मिल्नु । हामी त नेकपा एमाले भएर बस्न चाहान्थ्यौँ । तर बस्न दिईएन्’, उनले भने । एमालेमा गरिएको फरक व्यवहारका कारण बाध्यतावश एमाले छाड्नु परेको उनको भनाइ छ । जनताको जनादेशमाथि घात भएपछि एमाले छाडेको उनले स्पष्ट पारे ।

शनिबार भिमादमा भएको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले अबको स्थानीय तहमा समाजवादीले आफुलाई विजयी गराएर विकास कसरी गर्ने सिकाउने दाबी गरे । ‘जनताको काम कसरी गर्ने हामी सिकाउछौँ’, उनले भने । अबको निर्वाचनपछि सरकारमा पुगेर राजा बनेकाहरु ढल्ने निश्चित रहेको उनको जिकिर छ । पार्टी नयाँ भए पनि पुराना नेता भएका कारण नअत्तालिन कार्यकर्तालाई उनको अनुरोध छ ।

मन्त्री श्रेष्ठले आगामी निर्वाचनमा राम्रो काम गर्ने नेतालाई मत दिन अनुरोध गरे । उनले अगाडी थप्दै भने, ‘जनताको पक्षमा काम गर्ने नेता छान्ने अवसर आएको  छ । सत्तामा पुगेर जनताको मत दुरुपयोग गर्नेहरुलाई चिन्नुहोला ।’

आफुले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रोजगारी सिर्जना गर्नुका साथै श्रम शोषणमा परेका युवाहरुको उद्दारमा उदाहणीय काम गरेको मन्त्री श्रेष्ठले जिकिर गरे । वैदेशिक रोजगारीका शिलशिलामा ठगिएकाहरुलाई न्याय दिने काम गरेको उनी बताउँछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार