कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

यातायात क्षेत्रको समस्याप्रति सरकार गम्भीर नभएको आरोप, भाडा समायोजन गर्न माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको यातायात व्यवसायीले गुनासो गरेका छन् । लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको १०औं साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै व्यवसायीले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने, भारतीय गाडीले ठूला डिजलका ट्यांकी बनाएर डिजल भरेर नेपालबाट भारत लैजाने लगायत अवैध काम रोकिनु पर्ने माग गरेका छन् ।

क्षमताभन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिँड्दा राज्यले कडाइ गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको व्यवसायीको गुनासो छ ।  राज्यले बेवास्ता गर्दा ट्रक यातायात क्षेत्र धराशायी भएको र व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरे ।

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि हुँदासमेत ढुवानीमा भाडा समायोजन नभएको भन्दै व्यवसायीले तत्काल भाडा बढाउन माग गरे । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासघंका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहिले भाडा समायोजन नहुँदा थप समस्यामा परेको बताए ।

ट्रक व्यवसायीले गरेको योगदान राज्यले बुझ्न नसकेको भन्दै उनले कहिलेकाहीँ व्यवसायी एक नहुँदासमेत राज्यले आफूहरूलाई बेवास्ता गरेको बताए । भारतबाट आएका १५/२० वर्ष पुराना र क्षमताभन्दा बढी सामान लिएर आएका ट्रकलाई भन्सार बिन्दुमै रोक्नु पर्ने उनीहरूको माग छ ।

त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासघंका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिँधै सामान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रक भने समान नपाएर बस्नुपर्ने बाध्यता रहेको बताए ।

यस्तो अवस्थामा राज्यले भन्सारसम्म मात्र भारतीय गाडीलाई इजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोक्ने वातावरण मिलाउनु पर्ने माग गरे । महासघंका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपालभित्र ढुवानी गर्न नेपाली व्यवसायी  सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको नीति बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायात व्यवसायी सघंका अध्यक्ष विष्णुप्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार