जेठ ५, २०८१ शनिबार May 18, 2024

नेपाल-भारत सीमा विवादलाई राजनीतिकरण गर्नु हुँदैन, संवाद मार्फत सुल्झाउनु पर्छः भारतीय विदेश सचिव श्रृङ्ला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भारतका विदेश सचिव हर्षवर्धन श्रृङ्लाले नेपाल–भारत सीमा विवादलाई राजनीतिकरण गर्न नहुने बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणबारे जानकारी दिन विदेश मन्त्रालयले शनिबार नयाँदिल्लीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संवाद मार्फत सीमा सुल्झाउनु पर्ने जनाए ।

‘सीमा विवादबारे संक्षेपमा छलफल भयो । यो मुद्दा हाम्रो मैत्री सम्बन्धलाई ध्यानमा राखी संवाद मार्फत सुल्झाउने कुरा भयो । सीमा समस्यालाई राजनीतिकरण गर्नु हुँदैन । सीमा विवाद संवाद मार्फत सुल्झाउनु पर्छ,’ भारतीय विदेश सचिव श्रृङ्लाले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारत द्विपक्षीय बैठक सकिएपछि आयोजित पत्रकार सम्मेलनमा सीमा विवादबारे भारतीय समकक्षीसँग छलफल गरेको बताएका थिए । स्थापित संयन्त्र मार्फत सीमा विवाद सुल्झाउन भारतीय प्रधानमन्त्रीलाई आफूले भनेको उनले जनाएका थिए ।

‘हामीबीच धेरै मुद्दाहरु छन् । दुई छिमेकीबीच केही जटिल मुद्दा हुन्छन् । दुई छिमेकी राष्ट्र संवाद गरी आपसी समस्या समाधान गर्नुपर्छ । हामीले बंगलादेशसँग सीमा समस्या समाधान गरेका छौं । नेपाल र भारतबीच पनि संयन्त्र छन् । संवाद र छलफल गरेर समाधान निकाल्न सकिन्छ,’ श्रृङ्लाले भने ।

प्रधानमन्त्री देउवाको भ्रमणलाई उनले महत्वपूर्ण बताए । द्विपक्षीय बैठकमा सबै विषयमा बृहत्त छलफल भएको उनले जनाए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार