काठमाण्डौंः हङ्गेरीमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान भएको छ ।
आइतबार भएको निर्वाचनबाट १९९ सिटका लागि सांसदहरू निर्वाचित हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनले प्रधानमन्त्री भिक्टर अर्वानको विश्वको पनि फैसला गर्ने भएको छ । देशभरि मतदान अधिकार पाएकाहरूको सङ्ख्या ७० लाख ८० हजार रहेको छ ।
निर्वाचनका लागि देशभरि १० हजार मतदान केन्द्रहरू तय गरिएको आयोगले जनाएको छ ।
स्थानीय समय अनुसार बिहान ६ बजेदेखि सुरु भएको मतदान बेलुका ७ बजेसम्म चल्ने भएको छ । निर्वाचनको नतिजा आइतबार राती नै आउने अपेक्षा गरिएको छ । वर्तमान राष्ट्रपति अर्वानकै पार्टी फिडेज पार्टीले थोरै मतान्तरले जित हासिल गर्ने अनुमान गरिएको छ ।
सन् १९९८ देश शक्तिमा आउनु भएका ५८ बर्षिया प्रधानमन्त्री अर्वानले सुरुमा सन् २००२ सम्म शासन गर्नु भएको थियो । त्यसपछि सन् २०१० मा फेरि शक्तिमा आउनु भएको थियो।
आइतबार भएको निर्वाचनमा पनि उहाँको पार्टीले बहुमत हासिल गरेमा उहाँ पाँचौँ पटक देशको प्रधानमन्त्री बन्नु हुनेछ । यसअघि सन् २०१८ मा भएको निर्वाचनमा उहाँले गठबन्धनले १३३ सिटमा जित हासिल गरेको थियो ।रासस-सिन्ह्वा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया