असार २३, २०८२ सोमबार July 7, 2025

युक्रेन युद्धः पछिल्लो २४ घन्टामा ४० हजारले देश छाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनमाथि रुसी हमला भएपछि अहिलेसम्म ४२ लाख युक्रेनीले देश छोडेका छन् । राष्ट्रसंघले सोमबार सो जानाकारी दिएको हो । राष्ट्रसंघका अनुसार पछिल्लो २४ घन्टामा मात्र ४० हजारले देश छाडेका छन् ।  राष्ट्रसंघको उच्चायुक्तको कार्यलयका अनुसार मात्र पाँच सातामा ४१ लाख ७६ हजार ४०१ युक्रेनीले देश छाडेका छन् ।

देश छाड्नेहरूमध्ये ९० प्रतिशत महिला तथा बालबालिका छन् । सरकारले १८ देखि ६० वर्षका पुरुषलाई सैन्य भर्नाका लागि आह्वान गरेकाले उनीहरूले चाहेर पनि देश छाड्न पाएका छैनन् ।

युद्ध भएपछि १५८ बालबालिकाको मृत्यु भएको २५८ जना घाइते भएको युक्रेनले जनाएको छ । युक्रेनको महान्यायधिवक्ताको कार्यलयका अनुसार युद्धका कारण सबैभन्दा बढी बालबालिका राजधानी किभ र त्यसपछि दोनेत्सकमा प्रभावित भएका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया