असार २३, २०८२ सोमबार July 7, 2025

गैरसैनिक हत्याको विश्वव्यापी निन्दा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः युक्रेनमा रसियाले युद्ध अपराध गरेको भन्दै त्यसको विश्वव्यापी विरोध भएको छ । रुसी सेना किभबाट फर्किन थालेपछि नागरिक हत्या गरेका प्रष्ट प्रमाणहरू फेला परिरहेका बेला विश्व समुदायले त्यसको निन्दा गरेको हो ।

युक्रेनले आइतबार किभ नजिकैको बुचा सहरको एउटा सडकमा २० सर्वसाधारणको शव फेला परेको जनाएको थियो । जर्मनीले त्यसलाई ‘भयानक युद्ध अपराध’ भन्दै त्यसको निन्दा गरेको छ । त्यस्तै फ्रान्सका राष्ट्रपति म्याक्रोनले घटनास्थलका तस्बीरलाई ‘असहनीय’ भनेका छन् । बेलायती प्रधानमन्त्रीले ‘घृणित आक्रमणहरू’ युद्ध अपराधको प्रमाण भएको बताएका छन् ।

त्यसैगरी अमेरिकाले पनि सामूहिक शव फेला परेको घटनाको निन्दा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सडकमा शवहरूको दृश्यलाई पाशविक भनेका छन् ।

यसैबीच रुसी सेनाले रणनीतिक दक्षिणको बन्दरगाह सहर ओडेसामा गोलाबारी तीव्र पारेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया