असार २३, २०८२ सोमबार July 7, 2025

श्रीलंकाका केन्द्रीय बैंकका गभर्नरले पनि दिए राजीनामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः श्रीलंकाको केन्द्रीय बैंकका गभर्नरले राजीनामा दिएका छन् ।

बिग्रँदै गएको आर्थिक संकटलाई लिएर देशव्यापी विरोध प्रदर्शन भाइरहेका बेला गर्भनर अजित काब्रालले सोमबार पदबाट राजीनामा दिएका हुन् ।

यसअघि श्रीलंकाको मन्त्रिपरिषद्का सबै सदस्यले सामूहिक राजीनामा दिएका थिए । श्रीलंकामा पछिल्लो समय चरम आर्थिक संकट देखिएको छ ।

खाद्यान्न औषधि जस्ता अत्यावश्यक सेवाकोसमेत अभाव हुन थालेको छ । देशमा दैनिक १२ घन्टासम्म लोडसेडिङ हुने गरेको छ । आर्थिक संकटको विरोधमा सर्वसाधारण नागरिक सडकमा उत्रिएपछि कर्फ्यू लगाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया