श्रावण ४, २०८२ आइतबार July 20, 2025

दुई फरक कम्पनीका मोबाइल सेवा अब एउटै ई-सिममा लिन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः गुगल हाल एन्ड्रोइड १३ का फिचरमा काम गरिरहेको छ । हालै बाहिरिएको एक खबर अनुसार एन्ड्रोइड १३ मा मल्टिपल इनेबल्ड प्रोफाइल (एमईपी) फिचर उपलब्ध हुने भएको छ ।

यो फिचर एउटै फोनमा दुईवटा सिम कार्ड प्रयोग गर्ने मानिसहरूका लागि गेम चेन्जर हुनसक्छ ।

यसअन्तर्गत एउटै ई-सिममा दुई फरक नेटवर्क (कम्पनी) को सेवा लिन सकिन्छ । प्रयोगकर्ताले चाहेअनुसार एकबाट अर्को नेटवर्कमा सजिलै स्विच गरी सेवा लिनसक्नेछन् ।

यो फिचरले विभिन्न नेटवर्कको सिमकार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई सहज हुने बताइएको छ । यसले मोबाइलको हार्डवेयरमा हुने लगानी पनि कम हुने बताइएको छ ।

यो फिचर सार्वजनिक भएसँगै मोबाइल कम्पनीहरूले सिमकार्ड स्लटलाई हटाएर ब्याट्रीको आकार बढाउन अथवा अन्य प्रयोगजनको लागि प्रयोग गर्न सक्छन् ।

हाल अधिकांश मोबाइल फोनमा फरक-फरक नेटवर्कको सिमकार्ड प्रयोग गर्न दुईवटा सीम प्रयोग गर्न मिल्ने सिमकार्ड ट्रे उपलब्ध गराइएको हुन्छ । -टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार