काठमाण्डौंः अमेरिकामा भएको बन्दुक हमलामा एक जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा भएको सो गोलीकान्डमा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा १६ वर्षीया किशोरी रहेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
घटनबारे थप अनुसन्धान भइरहेको न्यूयोर्कका प्रहरी प्रमुख कीचान्त सेवेलले जानकारी दिए । अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन् । एक साताअघि भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो । एजेन्सी
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया