असार २५, २०८२ बुधबार July 9, 2025

जातीय मुक्तिको कुरा गरेका हौं, साम्प्रदायिक होइन : प्रचण्ड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय मुक्ति र जातीय साम्प्रदायिकताको विषयलाई एकै ठाउँमा गोलमाल गर्दा नेपालमा सामाजिक न्याय कमजोर बनेको बताएका छन् ।

सोमबार नेकपाको भातृ संगठन आदिवासी जनजाति महासंघ नेपालको सपथ समारोहमा अध्यक्ष प्रचण्डले कम्युनिस्टले भनेको जातीय मुक्ति जातीय साम्प्रदायिकता र जातीय संकीर्णताभन्दा भिन्न रहेको जिकिर गरेका छन ।

नेपालमा जातीय मुक्ति र वर्गीय मुक्ति अन्तरसम्बन्धित रहेको भन्दै उनले यसलाई सही ढंगले परिभाषित गर्न नसकिएको बताएका छन । ‘यो समानताको, मुक्तिको विषय हो’ उनले भने ‘वर्गीय मुक्ति र जातीय मुक्तिको अन्तरसम्बन्धलाई ठीक ढंगले परिभाषित गरेर अघि बढिदैन, तबसम्म न जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्ने न समाजवादी क्रान्तिको तयारी राम्रोसँग हुन्छ ।’

प्रचण्डले नेपालको संविधानमा केही परिवर्तन गर्नुपर्ने देखिए पनि जातीय समानताका लागि धेरै विषय संबोधन भएको पनि बताएका छन । ‘संविधानले उपलब्धीको रक्षा गर्ने र निरन्तर अघि बढ्ने ठाउँ दिएको छ’ उनले भने ।

शोषण उत्पीडनमा राखिएकाहरुलाई विशेष अधिकारसहित अगाडि ल्याउने बातावतारण नबनाएसम्म समानताको कुरा गर्नु भ्रममात्र हुने प्रचण्डको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया