असार २३, २०८२ सोमबार July 7, 2025

आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता दिन्नः प्रधानमन्त्री खान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिएका छन् । प्रधानमन्त्री खानविरुद्ध संसदमा दायर भएको अविश्वासको प्रस्तावमाथि मतदान हुनु केही समयअघि खानको यस्तो चेतावनी आएको हो ।

प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने बताएका छन् । यसअघि शुक्रबार सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्टपतिले गरेको संसद विघटनलाई बदर गरिदिएको थियो ।

सर्वोच्चले संसद पुनस्र्थापना गर्दै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविस्वासको प्रस्तावमा मतदान पक्रिया अगाडि बढाउनसमेत आदेश दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया