असार २३, २०८२ सोमबार July 7, 2025

अष्ट्रेलियाका प्रधानमन्त्रीद्धारा मे २१ मा संघीय निर्वाचन आह्वान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाण्डौंः अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले मे २१ मा संघीय निर्वाचन आह्वान गरेका छन् । राजधानी क्यानबेरमा गभर्नर जनरलसँग छलफल गरेपछि प्रधानमन्त्री मोरिसनले चुनावको मिति तोकेका हुन् ।
मोरिसनको सत्तारूढ गठबन्धनको हाउस अफ रिप्रिजेन्टेटिभमा ७६ सिट छ । सरकार गठनका लागि यो न्युनतम संख्या हो ।

निर्वाचनपछि सरकार परिवर्तन हुने प्रारम्भिक मत सर्वेक्षणहरूले देखाएका छन् । एन्थोनी अल्बानिजले नेतृत्व गरेको विपक्षी लेबर पार्टीे सत्तामा पुग्ने निर्वाचन सर्वेक्षणहरूले देखाएका छन् । चुनावी सर्वेक्षणहरूले सधै वास्तविकता देखाउँदैनन् ।

यसअघि भएका चुनावी सर्वेक्षणहरूले प्रधानमन्त्री मोरिसन पराजित हुने देखाएका थिए । ‘यो बलियो भविष्य र अनिश्चित बीचको छनोट हो ।  यो तपाईंले चिनेको सरकार र तपाईंले नजानेको लेबर विपक्षी बीचको छनौट हो’, प्रधानमन्त्रीले आइतबार भने । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया