मंग्सिर ५, २०८३ शनिबार November 21, 2026

टीका भैरव सो क्योकुसिनलाई सर्वाधिक ४ स्वर्ण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ ।

पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी १–१ स्वर्ण वज्रबाराही र केन्द्रीय डोजोले जिते ।

गोदावरी नगरपालिकाको टीका भैरवमा भएको प्रतियोगिताको पुरुष ३० केजीमा टीका भैरवका अमृत नगरकोटी पहिलो भए । फाइनलमा उनले आफ्नै डोजोका निरोज नगरकोटीलाई पराजित गरे । ४० केजीमा टीका भैरवका निरन स्याङ्तानले फाइनलमा टीका भैरवकै विजय स्याङ्तानलाई हराउदै शीर्ष स्थान हात पारे ।

५० केजीमा टीका भैरवका सुदीप मगरले बाजी मारे । उनले फाइनलमा पाथीभराका सुलिन तामाङलाई पाखा लगाए । ५५ केजीमा वज्रबाराहीका जयराम भुलनले पहिलो स्थान हात पारे । उनले फाइनलमा आईकेकेएफका भनीष कार्कीको चुनौती समाप्त पारे । खुलामा टीका भैरवका अजय तामाङ च्याम्पियन बने । अजयले फाइनलमा वज्रबाराहीका कविन दशारलाई पन्छाए ।

महिला खुलामा केन्द्रीय डोजोकी सिवानी श्रेष्ठले स्वर्ण चुमिन् । शिवानीले फाइनलमा नुवाकोटकी सुविना राईमाथि जित निकालिन् । टीका भैरवका अर्जुन नगरकोटी उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन, आयोजक डोजोका अध्यक्ष प्रकाश खत्री, आयोजक डोजोका प्रमुख रामहरि खड्का, गोदावरी नगरपालिका वडा ६ का अध्यक्ष विष्णुमान महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुका कांस्य विजेता निकेश श्रेष्ठ, खेलाडीहरु राजेश खड्का, सुरेश तामाङ, सुजन नगरकोटी, सरोज खत्री, पवन तामाङ, राजकुमार श्रेष्ठ, कृष्णहरि थापा, सुविन श्रेष्ठ, हीराकाजी श्रेष्ठ, इन्द्र तामाङ र प्रेम तामाङलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा १ सय २० खेलाडीको सहभागी थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सेतो मच्छिन्द्रनाथ मन्दिरमा आयोजित महायज्ञमा राष्ट्रपति पौडेल सहभागी
२०८३ मंग्सिर ५, शनिबार
आरोपित नै न्यायाधीश भएर उभिए पछि इरानी जुम्ल्याहा दिदीबहिनी छक्क
२०८३ मंग्सिर ५, शनिबार
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी
२०८३ मंग्सिर ५, शनिबार
स्वस्थ रहन कुन उमेर समूहले कति समय सुत्नु पर्छ ? जान्नुहोस्
२०८३ मंग्सिर ५, शनिबार
ट्रम्पको इरानसम्बन्धी सैन्य अधिकार सीमित गर्ने प्रस्ताव सिनेटबाट अस्वीकृत
२०८३ मंग्सिर ५, शनिबार
नेपाललाई वैदिक ज्ञान र धार्मिक पर्यटनको केन्द्र बनाउनुपर्छ : स्वामी कमलनयनाचार्य
२०८३ मंग्सिर ५, शनिबार
विश्व पारा तेक्वान्दोमा दीपेश महतले जिते रजत पदक, १२ वर्षपछि दोहोरियो सफलता
२०८३ मंग्सिर ५, शनिबार