कार्तिक ३०, २०८३ सोमबार November 16, 2026

एमाले उपमेयरकी उम्मेदवार चौधरीको उम्मेदवारी रद्द नगर्न सर्वोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः नेकपा एमालेबाट राजविराज नगरपालिकाको उपप्रमखु (उपमेयर) मा मनोनयन दर्ता गराएकी ममता चौधरीको मनोनयन दर्ता रद्द नगर्न सर्वाेच्च अदालतले आदेश दिएको छ ।

शुक्रबार चौधरीको उम्मेदवारी कायम राख्न सर्वोच्चले निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगले बन्द सूचीका क्रममा चौधरीको मनोनयन दर्ता समावेश नगरेपछि चौधरी न्यायका लागि सर्वाेच्च पुगेकी थिइन् ।

सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले उपमेयरको उम्मेदवारी चौधरीको नाममा आदेश जारी गर्दै वैशाख २० गते आयोगलाई छलफलका लागि बोलाएको छ ।

सोमबार मनोनयन दर्ता गराएकी चौधरीको मनोनयन दर्ता रद्को विकल्प नरहेको भन्दै यसअघि नै सप्तरीका मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले बताएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चिमखोला-सोवाङ धुरी जोड्ने पदमार्ग निर्माण
२०८३ कार्तिक ३०, सोमबार
स्थानीय निर्वाचन गैरदलीय बनाउन कुलमान घिसिङको माग
२०८३ कार्तिक ३०, सोमबार
भोटेकोशी बाढी प्रभावित जिल्लामा पुनर्निर्माण शीघ्र सुरु हुन्छ : मख्यमन्त्री मगर
२०८३ कार्तिक ३०, सोमबार
नागरिकको स्वास्थ्य सेवाप्रति प्रदेश सरकार गम्भीर छ: मुख्यमन्त्री पाण्डे
२०८३ कार्तिक ३०, सोमबार
सुत्केरीको मृत्युपछि अस्पतालमा विवाद, प्रदर्शनका क्रममा पाँच जना प्रहरी नियन्त्रणमा
२०८३ कार्तिक ३०, सोमबार
रास्वपाको आन्तरिक विवादमा एमालेले हस्तक्षेप गर्दैन : योगेश भट्टराई
२०८३ कार्तिक ३०, सोमबार
‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने
२०८३ कार्तिक ३०, सोमबार