असार ३०, २०८२ सोमबार July 14, 2025

एक दिवसीय क्रिकेट सिरिजको उपाधी नेपाललाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः जिम्बावे ‘ए’ विरुद्धको एक दिवसीय क्रिकेट सिरिज नेपालले जितेको छ । नेपालले उक्त सिरिज २–१ ले जितेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको अन्तिम खेलमा नेपालले जिम्बावे ‘ए’ टोलीलाई ६ विकेटले पराजित गर्दै सिरिज जितेको हो । तीन खेलको एक दिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ तीन विकेटले विजयी भएको थियो । दोस्रो खेलमा नेपालले ९ विकेटले जीत हासिल गरेको थियो ।

आजको खेलमा नेपालले टस जितेर पहिला फिल्डिङ रोजेको थियो । जिम्बावेले ब्याटिङ गर्दै सबै विकेट गुमाएर नेपाललाई २१४ रनको लक्ष्य दिएको थियो । नेपालले ३० दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै उक्त लक्ष्य पूरा गर्‍यो । नेपालको जीतमा कुशल भुर्तेलले सर्वाधिक ८४ रनको योगदान दिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले अविजित ६०, आसिफ शेखले २९ तथा विनोद भण्डारीले २८ रन बनाए ।

बलिङतर्फ जिम्बावेका ब्रान्डन माभुताले तीन र ब्राड इभान्सले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको जिम्बावेले ३२ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै २१३ रन बनाएको थियो । जिम्बावेका लागि टाडिवानाशे मारुमानीले सर्वाधिक ५० रनको योगदान दिए । यस्तै कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, सेफासले १६, इनोसेन्ट कियाले १२ तथा लुक जोग्वीले १९ रन बनाए ।

बलिङतर्फ नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिए । सोमपाल कामीले दुई तथा करण केसी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट लिए । यसअघि नेपाल र जिम्बावे ‘ए’बिच तीन टी–ट्वान्टी सिरिज सम्पन्न भएको थियो । उक्त सिरिजमा दुवैले १–१ को बराबरी खेलेका थिए ।

एउटा खेल वर्षाका कारण रद्द भएको थियो । आइसिसी क्रिकेट लिग दुई अन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको तयारीका लागि नवपालले जिम्बावे ‘ए’सँग खेलेको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा
२०८२ असार ३०, सोमबार
स्पेन भ्रमणमा सरकारी प्रतिनिधि मण्डल बाहेकको विषयमा छानविन गर्न गृहमन्त्रीको निर्देशन
२०८२ असार ३०, सोमबार
सन अफ सरदार:२ को ट्रेलरमा २४ घन्टामा अत्याधिक भ्युज, यी हुन भ्युज कमाउने टप १० फिल्म
२०८२ असार ३०, सोमबार
देशभर आठ लाख १६ हजार ४०५ हेक्टरमा रोपाइँ सम्पन्न
२०८२ असार ३०, सोमबार
घटेन कञ्चनपुरमा सवारी दुर्घटनाका घटना
२०८२ असार ३०, सोमबार
शिक्षक महासंघले फेरि दियो सरकारलाई आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)
२०८२ असार ३०, सोमबार
विपद्का समयमा मानवीय सहयोगमा जुट्न रास्वपाको पार्टी पङ्क्तीलाई आग्रह
२०८२ असार ३०, सोमबार