असार ३०, २०८२ सोमबार July 14, 2025

लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः एक गोलले पछि परेको स्थितिलाई उल्टाउदै इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले एस्टन भिल्लालाई २-१ अन्तरले पराजित गरेको छ ।

मंगलबार भिल्ला मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो । जितसँगै लिभरपुलले उपाधि होड कायमै राखेको छ ।

लिभरपुलको जितमा जोएल माटिप र साडियो मानेले १-१ गोल गरे । घरेलु टोलीका डुगलस लुइजको गोल सान्त्वना बन्यो । जितपछि लिभरपुल ३६ खेलबाट ८६ अंकसहित दोस्रो स्थानमा छ ।

एक खेल कम खेलेको म्यानचेस्टर सिटीको समान अंक भएपनि शीर्ष स्थानमा छ । भिल्ला ४३ अंक जोडेर ११औं स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया