काठमाडौँ: भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले भारतीय राष्ट्रपति रामनाथ कोविन्दसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्। नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा बुधबार आयोजित समारोहमा राजदूत शर्माले ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।
‘आगामी दिनमा नेपाल–भारतबीच मजबुत र सदियौंदेखिको सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा लिएको छु’, ओहदाको प्रमाणपत्र बुझाए पछि राजदूत शर्माले ट्विटमा भनेका छन्।
सरकारले ६ महिनाअघि डा. शर्मालाई नेपाली कांग्रेसको कोटामा भारतका लागि राजदूत सिफारिस गरेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले गत महिना गरेको भारत भ्रमण अघि डा. शर्मा कार्यभार सम्हाल्न नयाँ दिल्ली पुगेका थिए ।
यसअघि शर्मा अमेरिकाका लागि नेपाली राजदूत पनि भएका हुन्। अर्थविद् डा. शर्मा विगतमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षका रुपमा पनि काम गरिसकेका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया