श्रावण ५, २०८२ सोमबार July 21, 2025

नेपाल टेलिकमको निर्वाचन अफर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः आगामी बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने भएको छ ।

रु. ९८ मा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी कम्पनीले सो अफर उपलब्ध गराउने भएको हो । यो अफर आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुनेछ ।

कम्पनीले जुनसुकै नेटवर्कमा पनि कुरा गर्न सकिने भ्वाइस अफर र जुनसुकै नेटवर्कमा पनि एसएमएस पठाउन सकिने एसएमएस अफर उपलब्ध गराउने छ । ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।

त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु. ९८ मा खरिद गर्न सकिने छ । आगामी बैशाख २५ देखि जेठ ४ गते सम्म आफ्नो मोबाइलबाट *1415*11# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया