असार २४, २०८२ मंगलबार July 8, 2025

एमालेले भन्दा गठबन्धन दलले दोब्बर बढी स्थानीय तह जित्छ । – डा. प्रकाशशरण महत (अन्तवार्ता)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

स्थानीय तह निर्वाचनमा मतगणनाको प्रारम्भिक विवरणप्रति कांग्रेसको मूल्यांकन कस्तो छ ?

परिणाम नेपाली कांग्रेस र गठबन्धनको पक्षमा आइरहेको छ । प्रारम्भिक अग्रताको संख्या हेर्ने हो भने पनि कांग्रेस निकै माथि छ । गठबन्धन दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई जोड्ने हो भने गठबन्धनलाई राम्रो परिणाम प्राप्त हुने देखियो । प्रारम्भिक परिणामलाई आधार मान्दा कांग्रेसले धेरै स्थानीय तहमा जित्ने अनुमान गर्न सकिन्छ । समग्रमा गठबन्धन दलहरूलाई फाइदै भएको देखियो ।

गठबन्धनको सार्थकता पुष्टि भएको भन्न मिल्ला ?

हो । सबै ठाउँमा गठबन्धन त भएन । नभएको ठाउँमा मित्रवत् प्रतिस्पर्धा छ । जे भए पनि समग्रमा कांग्रेस सबैभन्दा ठूलो दल हुने लक्षण देखियो । माओवादीले पनि राम्रै संख्यामा अग्रता लिइरहेको छ । गठबन्धनका अन्य दललाई पनि राम्रो हुने जसरी देखिएको छ, यसले एमालेले भन्दा गठबन्धन दलले दोब्बर बढी स्थानीय तह जित्ने देखिन्छ ।
कांग्रेस एक्लै पनि एमालेभन्दा धेरै माथि छ । यो खुसीको संकेत हो । जुन पृष्ठभूमिमा समझदारी भएर गठबन्धन बन्यो, त्यो सार्थकता पुष्टि हुने देखिन्छ ।

तालमेलको क्रममा कांग्रेसले जहाँ–जहाँ नेतृत्व पाएन, कांग्रेसबाटै बागी उठाउने र गठबन्धनकै अन्य दलका उम्मेदवारलाई धोका दिएको भन्ने आरोप सुनिन थालिएको छ नि ?

एक/दुई ठाउँको उदाहरण दिएर हुँदैन । हो, केही ठाउँमा त्यस्तो आरोप लगाउन मिल्ने गरी स्थिति देखियो । तर, धोका होइन । जस्तै, भरतपुर महानगरपालिकामा गठबन्धन दल माओवादीकी प्रमुखले निरन्तर अग्रता लिएकै छिन् । पोखरा महानगरपालिकामा एकीकृत समाजवादीकाका मेयरले लगातार अग्रता लिएको स्थिति छ ।

त्यहाँ त कांग्रेसको मत संख्या माधव नेपालजीको पार्टीभन्दा कता हो कता धेरै छ । हाम्रो पार्टीका नेताहरूको असन्तुष्टि पनि थियो । तैपनि पार्टीको आन्तरिक मतभेद टुंग्याउँदै कांग्रेसको पूरै सहयोग छ । उहाँ (धनराज आचार्य)ले जित्नु हुन्छ भन्ने लागेको छ । त्यही कारणले कांग्रेसले धोका दियो भन्नु गलत हो ।

ललितपुुर महानगरपालिका, जनकपुर उपमहानगर, धुलिखेल नगरपालिकालगायत स्थानीय तहमा फरक फरक परिणाम देखिएको छ नि ?

तपाईंले भन्नुभएको स्थानीय तहमा कांग्रेस ठूलो पार्टी हो । हामी उदार भएर गठबन्धनका अन्य दलहरूलाई सँगै लगेका हौँ । तर, त्यहाँको वस्तुस्थिति गठबन्धनअनुसारको भएन । हाम्रै पार्टी त्यागेर जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साहजी स्वतन्त्र हैसियतमा निर्वाचन लड्नुभयो ।

मनोजजी अगाडि आइरहनुभएको छ । धुलिखेलमा पनि विदुर बस्नेतजी अघि आउनुभएको छ । यसलाई ‘अपवाद’ मान्नुपर्छ । यति धेरै स्थानीय तहमा गठबन्धन सफल भइरहँदा अपवादलाई उचाल्नु हुँदैन । काठमाण्डुपाटी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मोरङ जिल्ला पूर्ण खोप सुनिश्चितता घोषणा
२०८२ असार २४, मंगलबार
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आज कति पुग्यो तरकारी तथा फलफुलको थोक मूल्य ? (सूचीसहित)
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार