मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

सोमालियामा दोस्रो चरणको राष्ट्रपतिय निर्वाचन हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सोमालियामा नयाँ राष्ट्रपति चयनका लागि दोस्रो चरणको निर्वाचन गर्नुपर्ने भएको छ ।

राष्ट्रपति बन्ने प्रतिष्पर्धामा रहनु भएका कसैले पनि ५० प्रतिशतभन्दा बढी मत प्राप्त नगरेकाले दोस्रो चरणको निर्वाचन गर्नु पर्ने भएको हो ।

सोमालियामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि कम्तीमा २१९ जनाको मत आवश्यक पर्ने गरेको छ । पहिलो चरणमा धेरै ल्याएका चार उम्मेदवारहरूका बीचमा दोस्रो चरणमा प्रतिष्पर्धा गराइने भएको छ ।

गत आइतबार भएको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै ल्याउनेले ६५ मत मात्रै प्राप्त गर्नु भएको थियो । त्यसैगरी दोस्रो धेरै ल्याउनेले ५९, तेस्रो धेरै ल्याउनेले ५२ र चौथो धेरै ल्याउनेले ४७ मत मात्रै ल्याउनु भएको थियो ।

पूर्व राष्ट्रपति शेख मोहम्मद तेस्रो र पूर्व प्रधानमन्त्री हसन अलि खाइर चौथो हुनु भएको निर्वाचन आयोगले जनाएको छ ।

राष्ट्रपतिमा निर्वाचित हुन ३५ उम्मेदवार चुनावी मैदानमा रहेका थिए । अरु ३१ जना अव स्वतः प्रतिष्पर्धाबाट बाहिरिएका छन् । राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेकाले राजधानी मोगादिशु र देशका धेरै ठाँउमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार