श्रावण ५, २०८२ सोमबार July 21, 2025

टेलिकमको एफटीटीएच इन्टरनेट जडान गर्दा ६ थरी सेवा निःशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः इन्टरनेट सेवाप्रदायकले ग्राहकहरू आफूतर्फ आकर्षित गर्न विभिन्न किसिमका अफर तथा सहुलियत प्याकेजहरू ल्याउने गरेका छन् । अन्य निजी सेवाप्रदायकहरूबीच एक जीबीपीएससम्मका हाई स्पिड इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिस्पर्धा चलिरहँदा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने पुरानै प्याकेज बिक्री गरिरहेको छ ।

यद्यपि इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि उसले आकर्षक अफर सहितको प्याकेज बनाएको छ । जसमा विभिन्न छ थरीका सेवा निःशुल्क रुपमा पाउन सकिन्छ ।हाल नेपाल टेलिकमले घरायसी प्रयोगकर्ताका लागि वार्षिक १० हजार रुपैयाँमा २५ एमबीपीएस, १५ हजार ३०० रुपैयाँमा ४० एमबीपीएस र २० हजार ५०० रुपैयाँमा ८० एमबीपीएस गरी तीन प्रकारका इन्टरनेट प्याकेज उपलब्ध गराएको छ ।

यसमध्ये जुनसुकै प्याकेज खरिदमा तीन हजार ७१० रुपैयाँसम्म मूल्य पर्ने राउटर, टेलिकमको नम्बरमा मासिक २५० मिनेट भ्वाइस कल निःशुल्क गरिएको छ । त्यस्तै १२ महिनासम्म टेलिफोनको न्यूनतम मासिक शुल्क र पुरानो नम्बर भएमा ५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क समेत मिनाहा हुनेछ ।

यस बाहेक वर्षभर प्रत्येक दिन ३०० एमबी मोबाइल डेटा र १०० मिटर अप्टिकल फाइबर तार निःशुल्क पाउन सकिने कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदन अनुसार गत माघ मसान्तसम्म टेलिकमको फाइबर टु दि होम सेवा लिने ग्राहक सङ्ख्या एक लाख ७० हजार २७९ पुगेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया