असोज १४, २०८३ बुधबार September 30, 2026

टेलिकमको एफटीटीएच इन्टरनेट जडान गर्दा ६ थरी सेवा निःशुल्क

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः इन्टरनेट सेवाप्रदायकले ग्राहकहरू आफूतर्फ आकर्षित गर्न विभिन्न किसिमका अफर तथा सहुलियत प्याकेजहरू ल्याउने गरेका छन् । अन्य निजी सेवाप्रदायकहरूबीच एक जीबीपीएससम्मका हाई स्पिड इन्टरनेट सस्तो मूल्यमा उपलब्ध गराउने प्रतिस्पर्धा चलिरहँदा सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम भने पुरानै प्याकेज बिक्री गरिरहेको छ ।

यद्यपि इन्टरनेट सेवा लिन चाहने ग्राहकका लागि उसले आकर्षक अफर सहितको प्याकेज बनाएको छ । जसमा विभिन्न छ थरीका सेवा निःशुल्क रुपमा पाउन सकिन्छ ।हाल नेपाल टेलिकमले घरायसी प्रयोगकर्ताका लागि वार्षिक १० हजार रुपैयाँमा २५ एमबीपीएस, १५ हजार ३०० रुपैयाँमा ४० एमबीपीएस र २० हजार ५०० रुपैयाँमा ८० एमबीपीएस गरी तीन प्रकारका इन्टरनेट प्याकेज उपलब्ध गराएको छ ।

यसमध्ये जुनसुकै प्याकेज खरिदमा तीन हजार ७१० रुपैयाँसम्म मूल्य पर्ने राउटर, टेलिकमको नम्बरमा मासिक २५० मिनेट भ्वाइस कल निःशुल्क गरिएको छ । त्यस्तै १२ महिनासम्म टेलिफोनको न्यूनतम मासिक शुल्क र पुरानो नम्बर भएमा ५०० रुपैयाँ रजिस्ट्रेसन शुल्क समेत मिनाहा हुनेछ ।

यस बाहेक वर्षभर प्रत्येक दिन ३०० एमबी मोबाइल डेटा र १०० मिटर अप्टिकल फाइबर तार निःशुल्क पाउन सकिने कम्पनीले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको मासिक प्रतिवेदन अनुसार गत माघ मसान्तसम्म टेलिकमको फाइबर टु दि होम सेवा लिने ग्राहक सङ्ख्या एक लाख ७० हजार २७९ पुगेको छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार