असार २३, २०८२ सोमबार July 7, 2025

अफगानिस्तानमा मानव अधिकार आयोगसहित पाँच निकाय विघटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः १० महिनाअघि अफगान सत्तामा पुगेको तालिबानले  अफगानिस्तानको प्रशासनिक प्रणालीमा धेरै परिवर्तन गरेको छ  । उनीहरूले पूर्वसरकारले स्थापना गरेका पाँच विभागहरू पूर्णरूपमा विघटन गरेका हुन् ।

तालिबानले विघटन गरेका निकायहरूमध्ये मानव अधिकार आयोग पनि एक हो । सो निकायलाई अमेरिका समर्थित सरकारले समर्थन गरेको थियो ।

बजेट अभावको कारण देखाउँदै ति निकाय विघटन गरिएको तालिबानले जनाएको छ । देशले ५० करोड १० लाख डलरको बजेट घाटा बेहोर्नु परेको तालिबानको भनाइ छ । ‘यी विभागहरूलाई आवश्यक नठानिएको र बजेटमा समावेश नगरिएको हुनाले तिनीहरूलाई विघटन गरिएको छ’, तालिबान सरकारका उप–प्रवक्ता इन्नामुल्लाह सामगानीले रोयटर्सलाई भने ।

विघटना हुने अर्को प्रमुख विभागमा अफगानिस्तानको संविधान कार्यान्वयनको निरीक्षण आयोग  पनि छन् । १५ अगस्टमा सत्ता  कब्जा गरेपछि तालिबानले शासनमा नरम दृष्टिकोण अपनाउने संकेत गरेको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया