असार ४, २०८३ बिहिबार June 18, 2026

बालेनको अग्रताले दिएको सन्देश – बबिता बस्नेत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

केही महिनाअघिसम्म आफ्नै सर्कलमा मात्रै परिचित नाम ‘बालेन शाह’ अहिले नेपालको राजनीतिमा चासो राख्ने जो-कोहीका लागि आश्चार्यजनक रूपमा आफ्नो वरिपरि छाएको छ । बाहिर निस्कियो बालेनको चर्चा, घर गयो उनकै बारेमा कुराकानी, साथीभाइ भेट्यो यही नाम, मिडियामा उनकै बारेमा जानकारी र विश्लेषण । सार्वजनिक यातायात, सपिङमल, चोक, गल्ली, सडक, कौशी, रेष्टुरेन्ट सबै नै बालेनमय बनेको छ ।

गीत-सङ्गीतमा रुचि भए पनि पप, ऱ्याम्पहरूका बारेमा चासो नराखेका कारणले हुनसक्छ मैले बालेनको नाम काठमाडौं महानगरपालिकामा मेयरको रूपमा स्वतन्त्र उम्मेदवारी दिएपछि मात्रै सुनेकी हुँ । राष्ट्रिय झण्डासहितको फोटो र युटुबमा उनका भनाइहरू, भोट माग्न हिँड्दै गर्दा उनले गरेको मानिसहरूसँगको ब्यवहार, नमस्कार गर्ने तरिका फरक लागेको थियो । सामाजिक सञ्जालमा चर्चा हुन थालेपछि खोजी गर्दै जाँदा ऱ्याप गीतहरू भेटिए । यसअघि खासै रुचि दिएर सुनेको, हेरेको रहेनछु, अनौठो लाग्यो । आफूलाई थाहा नभएको कुरा थाहा छैन भन्न अप्ठ्यारो मान्नु हुँदैन भन्ने मान्यता राख्छु । ‘ऱ्याप ब्याटल’ हेर्नु त परको कुरा, शब्द नै सुनेको रहेनछु । ‘ऱ्याप ब्याटल’मा जस्ता पनि शब्दहरू प्रयोग गरिने रहेछ । कालो, गोह्रो, होचो, अग्लो, अनुहार कस्तो या भनौँ ‘आउट लुक’को चर्चा निकै हुँदोरहेछ । लैङ्गिक भिन्नता, यौनिकतालगायतका कुरामा संवेदनशीलता नअपनाइ निर्धक्क शब्दहरू फालिँदो रहेछ । तिमी, तपाईं भन्दा बढी ‘तँ’ शब्द चल्दोरहेछ । अश्लील शब्दहरूको प्रयोग सामान्य रहेछ ।

राजनीति र ऱ्यापलाई सँगै राखेर सोच्दा यी दुवैमा सुधार आवश्यक देखिन्छ । राजनीतिमा सुधारको कुरा वर्षौंदेखि गरिएकै छ, उद्देश्य नखल्बल्याइकन ऱ्यापमा प्रयोग हुने शब्द छनौटमा संवेदनशीलता जरुरी छ । मनोरञ्जनका नाममा ऱ्यापमा महिला र एलजीबीटीआईक्यू समूदायप्रति शब्दहरूको निर्मम प्रहार हुँदोरहेछ, हँसिमजाकको विषय बनाइँदोरहेछ । टेलिभिजन र युटुबमा आएका बालेनका अन्तवार्ताहरूमा भने हल्का फुल्का कुराहरूले ठाउँ पाएको देखिएन । काठमाडौं महानगरपालिकामा बालेनको उम्मेदवारीलाई लिएर सुरुमा खासै गम्भीर रूपमा हेरिएन भन्दा पनि हुन्छ । सामाजिक सञ्जालमा लगातारको उपस्थिति र भोट माग्न हिँड्दा सडकमा युवाहरूको घेरा देख्दा तेश्रो मतचाहिँ यिनकै आउँछ जस्तो लागेको थियो । बालेनलाई तेश्रो नम्बरको प्रतिस्पर्धीका रूपमा आँकलन गर्नेहरूको सङ्ख्या ठुलो थियो । पहिलो नम्बरमा आफ्नो आस्था र विश्वासअनुसार मानिसहरूले सिर्जना सिंह र केशव स्थापितलाई राखेका थिए । यी दुईबीच झिनो मतले तलमाथि हुने ठानिएको थियो । तर मत गणना सुरुभएपछि परिणाम अनपेक्षित देखियो, वालेन शाह दुबै उम्मेद्वारलाई निकै पर छाड्दै अघि बढे । यी पङ्क्तिहरू लेख्दैगर्दा उनी प्रतिद्वन्द्वीहरू भन्दा पाँच हजार मतले अगाडि छन् ।

राजनीति र ऱ्यापलाई सँगै राखेर सोच्दा यी दुवैमा सुधार आवश्यक देखिन्छ । राजनीतिमा सुधारको कुरा वर्षौंदेखि गरिएकै छ, उद्देश्य नखल्बल्याइकन ऱ्यापमा प्रयोग हुने शब्द छनौटमा संवेदनशीलता जरुरी छ । मनोरञ्जनका नाममा ऱ्यापमा महिला र एलजीबीटीआईक्यू समूदायप्रति शब्दहरूको निर्मम प्रहार हुँदोरहेछ, हँसिमजाकको विषय बनाइँदोरहेछ ।

काठमाडौं उपत्यकाको मतलाई प्रायः नेवार समूदायका लागि सुरक्षित मत मानेर चर्चा गरिन्छ । यद्यपि यसप्रकारको अनुमानित चर्चा संसदीय निर्वाचनमा भने लागु भएको थिएन । काठमाडौंबाहिरका एमाले नेता स्व. मदन भण्डारीदेखि माओवादी नेता प्रचण्डसम्मलाई नेवार समूदायको बाहुल्य भएको उपत्यकाले संसद्मा पुऱ्याइसकेको छ । स्थानीय निर्वाचनमा स्थानीय ब्यक्तिहरू नै उठ्ने हुनाले विशेषगरी मेयर-उपमेयरको पदमा सकेसम्म नेवार समूदायबाट उठाउने र निर्वाचित हुने गरिएको थियो । यो इतिहासलाई ब्रेक गर्दै बालेन शाहलाई अगाडि बढाउनमा नेवार समूदायसहित सबै समूदायको उत्तिकै साथ देखियो । बालेनको यो अग्रताले नेपालीहरू कुनै जातविशेष भन्दा बढी परिवर्तनकारी भूमिका निर्वाह गर्ने मान्छे खोज्छन् है भन्ने देखाएको छ ।

बालेनप्रतिको क्रेज गीत-संगीतप्रतिको रुचिभन्दा धेरै माथि परिवर्तनको चाहना हो । विकसित मुलुकमा विभिन्न पेशा-ब्यवसायमा सफल भएका मानिसहरू राजनीतिको पदीय जिम्मेवारीमा आउने चलन छ । यसरी आएका मानिसहरूले ब्यवसायिक रूपमा आफ्नो पदीय धर्म निर्वाह गरी आफ्नो कार्यकाल सकिएपछि फेरि पुरानै पेशामा फर्किका उदाहरणहरू पनि छन् । पेशाले इन्जिनियर बालेनले नगरबासीसामु स्पष्ट भिजन अघिसारेका छन् । थोरै प्रतिबद्धता जनाएर टोल-टोलमा पुगेका उनले धेरै मत ल्याउनुका पछाडि सर्वसाधारणको राजनीतिक दल र तिनका नेताहरूप्रतिको वितृष्णा पनि हो । प्रतिबद्धता गर्ने तर ती पूरा नगर्ने कामले नेताहरूलाई जनताबाट टाढा पुऱ्याइरहेको छ ।

चुनाव महँगो भइरहेको र अहिले ठाउँ-ठाउँमा मत खरिद-बिक्रीका अडियोहरू सार्वजनिक भइरहेको अवस्थामा खासै पैसा खर्च नगरी सामान्य रूपमा पनि जनताको मत पाउन सकिन्छ भन्ने सन्देश बालेनले प्राप्त गरेको मतले दिएको छ ।

राजनीतिक दलको सदस्य नभएर पनि बालेनको राजनीति-प्रवेशले राजनीति गर्नका लागि दल नै रोज्नुपर्छ भन्ने कुरालाई अलिकति पर धकेलिदिएको छ । तथापि, बहुदलीय प्रजातन्त्रमा आगामी दिनमा बालेनले अन्य बालेनहरूको साथ लिएर संरचनागत रूपमै अघि बढ्दा त्यसले थप ब्यवस्थित भएर काम गर्न मद्दत पुग्नेछ । अझै धेरै मतगणना हुन बाँकी रहेकाले भोली जित कसको हुन्छ यसै भन्न सक्ने अवस्था छैन । तर जुन तीव्रताका साथ उनले मत पाइरहेका छन्, त्यो हेर्दा उनी चाँडै नै काठमाडौंको मेयर भए भने अब आश्चर्यको विषय हुने छैन । उनले उठाएका शहरलाई शहर जस्तो बनाउने एजेण्डामा अर्की उम्मेदवार सिर्जना सिंहले गहकिलो तरिकाले उठाएको सुरक्षित शहरको एजेण्डा स्वतः पर्ने नै छ । शहरजस्तो शहर हुनको लागि सुरक्षालाई पहिलो प्राथमिकतामा पार्नुपर्ने हुन्छ । विश्वको सबैभन्दा सुरक्षित शहर मानिएको भियनालाई अहिलेको अवस्थामा पुऱ्याउनका लागि सडकका बिजुलीबत्तिदेखि मानिसले प्रयोग गर्ने शब्दका लागि गुनासो संयन्त्रसम्ममा ख्याल गरिएको पाइन्छ ।

राजनीतिक दलको सदस्य नभएर पनि बालेनको राजनीति-प्रवेशले राजनीति गर्नका लागि दल नै रोज्नुपर्छ भन्ने कुरालाई अलिकति पर धकेलिदिएको छ । तथापि, बहुदलीय प्रजातन्त्रमा आगामी दिनमा बालेनले अन्य बालेनहरूको साथ लिएर संरचनागत रूपमै अघि बढ्दा त्यसले थप ब्यवस्थित भएर काम गर्न मद्दत पुग्नेछ ।

बालेनले पाएको मत र लोकप्रियताको कुरा गर्दा सामाजिक संजाल र युवालाई छुटाउन मिल्दैन । मूलप्रवाहका मिडियाले खासै महत्व नदिएका उनलाई सोसियल मिडियाको ब्यवस्थित प्रयोगले यत्रतत्र सर्वत्र चर्चामा पुऱ्यायो । साथै युवाहरूको साथ बालेन-अग्रताको अर्को महत्वपूर्ण कारण बन्न पुग्यो । दलसम्बद्ध युवाहरू बाहेक अध्ययनरत, जागिरको खोजीमा रहेका, केही गर्न चाहेका तर अवसर नपाएका एवम् विभिन्न क्षेत्र, पेशा, ब्यवसायमा रहेका तर कुनै राजनीतिक दलमा नभएका युवाहरूको रुचि राजनीतिमा करिव शून्य थियो ।

बेरोजगारी, भ्रष्ट्राचार, ढिलासुस्ती, विभिन्न कार्यालयमा कर्मचारीको ब्यवहारबाट युवाहरूलाई मुलुकप्रति नै निराशा छाएको अवस्था छ । बालेनको साथमा युवाको जमातको अर्थ अब यो देशमा नयाँ नेतृत्व ल्याएर केही फरक गर्न सकिन्छ कि भन्ने अपेक्षा हो । जुन अपेक्षाले अहिले स्थानीय निर्वाचनमा मात्रै नभएर निकट भविष्यमै हुने संसदीय निर्वाचनमा थप बढी स्थान पाउनेछ भनी अनुमान गर्न सकिन्छ । चुनाव महँगो भइरहेको र अहिले ठाउँ-ठाउँमा मत खरिद-बिक्रीका अडियोहरू सार्वजनिक भइरहेको अवस्थामा खासै पैसा खर्च नगरी सामान्य रूपमा पनि जनताको मत पाउन सकिन्छ भन्ने सन्देश पनि बालेनले प्राप्त गरेको मतले दिएको छ । साथै आफ्ना प्रतिद्वन्द्वी या कसैलाई पनि गालीगलौज नगरी आफ्नो एजेण्डा मात्रै अघिसार्दा झन् जनसमर्थन पाइन्छ भन्ने उदाहरण पनि उनले स्थापित गरेका छन् । घटना र बिचार

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पत्रकारलाई सामाजिक सुरक्षा कोष र बीमामा जोड्दै बागमती प्रदेश सरकार
२०८३ असार ४, बिहिबार
शुक्लाफाँटा मध्यवर्ती क्षेत्रका विद्यालयमा सेनाको संरक्षण सचेतना अभियान, विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
२०८३ असार ४, बिहिबार
जुम्लामा विद्यालयस्तरीय ‘एनसिसी’ तालिम सञ्चालन
२०८३ असार ४, बिहिबार
सुनचाँदीको मूल्य घट्यो
२०८३ असार ४, बिहिबार
अमेरिका इरानद्वारा इस्लामाबाद एमओयूमा इलेक्ट्रोनिक हस्ताक्षर:पाकिस्तानी प्रधानमन्त्री सरिफ
२०८३ असार ४, बिहिबार
विपन्न बस्तिमा सुरक्षित पक्की घर बन्न थालेपछि …
२०८३ असार ४, बिहिबार
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८३ असार ४, बिहिबार