असार ३०, २०८२ सोमबार July 14, 2025

नेपालद्वारा युगान्डालाई १०० रनको लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालले तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा पाहुना टोली युगान्डालाई जितका लागि १०० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ९९ रनको योगफल बनायो । नेपालका लागि ज्योति पाण्डेले सर्वाधिक ४७ रनको योगदान दिइन् ।

त्यसैगरी कप्तान रुबिना क्षेत्रीले अविजित रहँदै १८ रन जोडिन् भने सीता रानामगर १२ रनमा आउट भइन् । त्यस्तै विन्दु रावलले चार रन जोडद रोमा थापा र डोली भट्टले समान तीन–तीन रन जोडिन् । सबनम राई र इन्दु बर्माले एक–एक रन जोडिन् ।

बलिङमा युगान्डाका फिओना कुलुमे, कोन्सी अवेको र सराह अकिटेङले समान दुई–दुई विकेट लिए भने रीता मुसामाली र जनेत एम्बाबाजीले एक–एक विकेट लिए ।

पाँच खेलको महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा युगान्डा २–० ले अघि रहेको छ । युगान्डाले पहिलो खेलमा नेपाललाई १२ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा नेपाल युगान्डासँग एक विकेटले पराजित भएको थियो । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार