असार ३०, २०८२ सोमबार July 14, 2025

अन्तिम खेलमा नेपाल विजयी, युगान्डालाई ३-२ को शृङ्खला

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्ठौः युगान्डाविरुद्ध कीर्तिपुरमा सम्पन्न ट्वान्टी २० अन्तर्राष्ट्रिय शृङ्खलाको अन्तिम खेलमा नेपालले ३३ रनको जित हासिल गरेको छ ।

नेपाल भ्रमणमा आएको युगान्डाले सुरुआती तीन खेलमा जित निकाल्दै पाँच खेलको शृङ्खला सुनिश्चित गरिसकेको थियो ।

घरेलु मैदानमा खेलको पहिलो शृङ्खलामा ३-० ले पछि परेको नेपालले पछिल्ला दुई खेलमा जित निकाल्दै ३-२ को सम्मानजनक नतिजा निकाल्यो ।

शनिबार भएको अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २३ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङमा १ सय २४ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो ।

युगान्डाका लागि रिता मुसामालीले २६, यानेट एम्बाबाजीले १० तथा शाकिरा स्याडिकले अविजित १३ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्  नेपालका लागि सीता राना मगर र इन्दु बर्माले २/२ तथा अस्मिना कर्माचार्य र हिरामान्यी रोयले १/१ विकेट लिए ।

यसअघि पहिलो इनिङमा नेपालका लागि ज्योति पाण्डेले ६१ बलमा तीन चौकासहित ४९ रन बनाएकी थिइन् । यस्तै सीताले १७, इन्दुले ८ तथा कविजता जोशीले अविजित १८ रन बनाउँदा अप्सरी बेगम ११ रन बनाएर आउट भइन् ।

युगान्डाका लागि कोन्ची अवेको र फियोना कुलुमेले १/१ विकेट लिएका थिए । नेपालले बाँकी चार विकेट रन आउटमा गुमाएको थियो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार