असार २४, २०८२ मंगलबार July 8, 2025

डोनबास क्षेत्रमा रुसी र युक्रेनी सेनाको भिडन्त, अवस्था अत्यन्तै कठिन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः  युक्रेनको डोनबास क्षेत्रमा रुसी र युक्रेनी सेनमबीच कडा भिडन्त जारी छ ।

मस्कोले युक्रेनको नियन्त्रणमा रहेको डोनबास कब्जा गर्न चाहेको छ । रुसी-समर्थित पृथकतावादीहरूले फेब्रुअरी २४ मा आक्रमण गर्नु अघि लुहान्स्क र छिमेकी डोनेट्स्क प्रान्तको ठूलो भूभाग नियन्त्रण गरिसकेका छन् ।

डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी भए पनि युक्रेनले युद्ध विरामलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई बनाइरहेका बेला युक्रेनले युद्ध विराम वा मस्कोलाई सहुलियत दिन अस्वीकार गरेको छ ।

रणनीतिक दक्षिण पूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासका दुई प्रान्त मध्येको एक लुहान्स्कमो भीषण आक्रमण गरिरहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क शहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको दुष्प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्ध बिराममा सहमत हुन अस्वीकार गर्दै किभले मस्कोसँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट गरेका छन् ।

युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा मस्कोले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने युक्रेनका प्रमुख वार्ताकार पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा भएको अन्तर्वार्तामा रोयटर्सलाई बताए ।

यसैबीच, अमेरिकी रक्षामन्त्री लोयड अस्टिन र इटालीका प्रधानमन्त्री मारियो ड्राघीबाट तत्काल युद्ध विरामको लागि आह्वान गरेका छन् । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पोर्चुगलमा ‘दोस्रो बुढासुब्बा कप’ फुटबल प्रतियोगिता हुने
२०८२ असार २४, मंगलबार
साउनमा पशुपतिनाथको दर्शनमा आउने भक्तजनका लागि महाशिवरात्रिकै जस्तो व्यवस्थापन गर्ने तयारी
२०८२ असार २४, मंगलबार
कुलिङ पिरियड गडबडी : समितिको नेतृत्वमाथि रास्वपाको असन्तुष्टि
२०८२ असार २४, मंगलबार
आजको मौसम : यी प्रदेशमा भारी बर्षाको सम्भावना
२०८२ असार २४, मंगलबार
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
२०८२ असार २४, मंगलबार
आज मंगलबार, गणेश भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल ?
२०८२ असार २४, मंगलबार
स्वास्थ्य उपचार र न्यायिक उपचारमा उल्झन
२०८२ असार २४, मंगलबार