असोज १४, २०८३ बुधबार September 30, 2026

इनड्राइभरले काठमाडौंबाट आफ्नो सेवा सञ्चालनमा ल्यायो, राइडरले कमिसन तिर्नु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः अन्तर्राष्ट्रिय राइड शेयरिङ कम्पनी इनड्राइभरले औपचारिक रुपमा नेपालमा समेत आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले काठमाडौंबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।

इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडेल मार्फत यात्रुले आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरूबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् ।

अर्कोतर्फ चालकहरुले भने आफ्नो लागि कुन भाडा उपयुक्त छ भनेर छनौट गरी राइड स्वीकार गर्न सक्नेछन् । अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड शेयरिङ एपहरू भन्दा आफू अलग भएको दाबी गर्दै इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्ने बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले काठमाडौंमा आफ्नो सेवा सुरु भएको जनाएको हो । ‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं,’ कम्पनीले भनेको छ ।

‘हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सेवा दिइरहेका छौँ र छिट्टै नै नेपालका अन्य मुख्य सहरहरूमा समेत उपलब्ध गराउनेछौं ।’

कम्तीमा सेवा सञ्चालनको सुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन नलिने इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताएकी छिन् ।

यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । अन्तर्राष्ट्रिय कम्पनी इनड्राइभरले हाल आफ्नो सेवा विश्वभरका ४२ देशका ६ सय सहरमा उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पुलिस क्लबलाई लगातार दोस्रो जित, खैरा पञ्जाब ३-१ ले पराजित
२०८३ असोज १४, बुधबार
कांग्रेस महाधिवेशन तयारीमा जुट्यो देउवा समूह, ७७ जिल्लामा निर्वाचन अधिकृत
२०८३ असोज १४, बुधबार
विजय माझी पुरुष कायाक एकलको फाइनल चरणमा प्रवेश
२०८३ असोज १४, बुधबार
प्रधानमन्त्री राहत कोषमा १६ अर्ब १५ करोडभन्दा बढी मौज्दात
२०८३ असोज १४, बुधबार
लोककल्याणकारी विज्ञापनको दर निर्धारण वैज्ञानिक र विधिसम्मत : सञ्चारमन्त्री डा तिमिल्सिना
२०८३ असोज १४, बुधबार
गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ
२०८३ असोज १४, बुधबार
सभापति पराजुलीले लिए सभामुख समक्ष शपथ
२०८३ असोज १४, बुधबार