श्रावण ५, २०८२ सोमबार July 21, 2025

इनड्राइभरले काठमाडौंबाट आफ्नो सेवा सञ्चालनमा ल्यायो, राइडरले कमिसन तिर्नु नपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अन्तर्राष्ट्रिय राइड शेयरिङ कम्पनी इनड्राइभरले औपचारिक रुपमा नेपालमा समेत आफ्नो सेवा सुरु गरेको छ । इनड्राइभरले काठमाडौंबाट आफ्नो सेवा सञ्चालनमा ल्याएको हो ।

इनड्राइभरको रियल टाइम डिल्स (आरटीडी) मोडेल मार्फत यात्रुले आफूले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरूबाट सोझै काउन्टर अफर प्राप्त गर्न सक्नेछन् ।

अर्कोतर्फ चालकहरुले भने आफ्नो लागि कुन भाडा उपयुक्त छ भनेर छनौट गरी राइड स्वीकार गर्न सक्नेछन् । अल्गोरिदमले मूल्य निर्धारण गर्ने अन्य राइड शेयरिङ एपहरू भन्दा आफू अलग भएको दाबी गर्दै इनड्राइभरले यात्रु तथा चालकलाई नै स्वतन्त्र रुपमा राइडको मूल्य निर्धारण गर्ने सुविधा प्रदान गर्ने बताएको छ ।

एक विज्ञप्ति जारी गर्दै कम्पनीले काठमाडौंमा आफ्नो सेवा सुरु भएको जनाएको हो । ‘हामी इनड्राइभर नेपालमा ल्याउन उत्साहित छौं,’ कम्पनीले भनेको छ ।

‘हाल हामीले आफ्नो सेवा काठमाडौं उपत्यकामा सेवा दिइरहेका छौँ र छिट्टै नै नेपालका अन्य मुख्य सहरहरूमा समेत उपलब्ध गराउनेछौं ।’

कम्तीमा सेवा सञ्चालनको सुरुवाती ६ महिनामा इनड्राइभरले चालकसँग कुनै कमिसन नलिने इनड्राइभरको दक्षिण एसिया जनसम्पर्क व्यवस्थापक पवित नन्दाले बताएकी छिन् ।

यो एप आईओएस र एन्ड्रोइड दुवैमा उपलब्ध छ । अन्तर्राष्ट्रिय कम्पनी इनड्राइभरले हाल आफ्नो सेवा विश्वभरका ४२ देशका ६ सय सहरमा उपलब्ध गराइरहेको विज्ञप्तिमा उल्लेख छ । टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया