असार ३०, २०८२ सोमबार July 14, 2025

राष्ट्रिय क्रिकेट खेलाडीको मासिक पारिश्रमिक बढ्योः ‘सी’ ग्रेडका खेलाडीले पनि ४० हजार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट टिमका खेलाडीको मासिक पारिश्रमिक बढाउने निर्णय गरेको छ ।

क्यानको बोर्ड बैठकले ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका पुरुष खेलाडीको पारिश्रमिकमा १० हजार वृद्धि गर्ने जनाएको छ ।

क्यानको यो निर्णयसँगै ‘सेन्ट्रल कन्ट्रयाक्ट’मा रहेका ‘ए’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक ६० हजार, ‘बी’ ग्रेडमा रहेका खेलाडीको ५० हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको ४० हजार रुपैयाँ पुगेको छ ।

यसअघि ‘ए’ ग्रेडका खेलाडीको ५० हजार, ‘बी’ ग्रेडका खेलाडीको ४० हजार र ‘सी’ ग्रेडका खेलाडीको ३० हजार रुपैयाँ पारिश्रमिक थियो ।

यस्तै, क्यानले महिला खेलाडीको पारिश्रमिक पनि वृद्धि गर्ने निर्णय गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड ‘सी’ मा रहेका खेलाडीको पाँच हजार र ‘बी’ र ‘ए’ ग्रेडका खेलाडीको पारिश्रमिक समान ६ हजार रुपैयाँले बढाएको छ ।

यसअघि ग्रेड ‘ए’ मा रहेका महिला खेलाडीको पारिश्रमिक १५ हजार, ‘बी’ ग्रेडका खेलाडीको पारिश्रमिक १२ हजार र ‘सी’ ग्रेडका खेलाडीहरुको पारिश्रमिक १० हजार रुपैयाँ थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्वास्थ्य बिमा क्षेत्रमा पुनः विचार गरिनेछ : प्रधानमन्त्री ओली
२०८२ असार ३०, सोमबार
प्रतिनिधिसभा बैठक : गण्डक सम्झौताअनुसार नेपाललाई पानी उपलब्ध गराउन ध्यानाकर्षण
२०८२ असार ३०, सोमबार
फ्रान्सको राष्ट्रिय दिवस समारोहमा उपराष्ट्रपति सरिक
२०८२ असार ३०, सोमबार
राष्ट्रपतिद्वारा तीन महत्त्वपूर्ण विधेयक प्रमाणीकरण, नयाँ आर्थिक वर्षको बाटो खुल्यो
२०८२ असार ३०, सोमबार
नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट
२०८२ असार ३०, सोमबार
दमक-चिसापनी सडक ३३ वर्षमा पनि पूरा भएन
२०८२ असार ३०, सोमबार
लाहौंरवाट कराँचीका लागि उडेका मान्छे साउदीमा उत्रेपछि…..
२०८२ असार ३०, सोमबार